
फाइल तस्बिर
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफूमाथि केही दिन अघि गरेको टिप्पणीप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज जवाफ पर्काउनु भएको छ ।

चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा अध्यक्ष ओलीले बालेनको आरोपप्रति सभ्य तर कडा रुपमा व्यड्ग्यात्मक ढंगले प्रतिक्रिया दिनुभएको छ । उहाले झिँगाले भैँसीको ढाडमा लात्ती हानेँ भनेर मख्ख पर्ने भन्दै व्यड्ग्यात्मक रुपमा टिप्पणी गर्नुभयो । “भैँसीको ढाडमा झिंगा बस्यो कि के बस्यो त्यसले थाहा पनि पाएको हुँदैन । झिँगा दंग परेको हुन्छ, चार लात हानेँ यसपटक भनेर‘,” ओलीले भन्नुभयो, “म कसैसँग अनावश्यक ढंगको विवादमा पर्न चाहन्नँ । राष्ट्रिय राजनीतिलाई एउटा परिपक्व जिम्मेवार सभ्य राजनीतिमा लानुपर्छ । असम्भ्य राजनीति होइन ।”
गिरीबन्धु प्रकरणलाई ओझेलमा पार्न महानगरले भत्काएको न्युरोडको सडक पिच गरेको भन्दै मेयर शाहले सामाजिक सञ्जालमार्फत ओलीविरुद्ध आक्रोश पोख्नुभएको थियो । बालेनलेओलीले गिरीबन्धु टि स्टेटमा ओलीले १० हजार करोड कसिमन लिएकोआरोप लगाउँदै भोलि जनताले तयसको जवाफ दिने चेतावनी समेत दिनुभएको थियो । बालेनको उक्त भलाईलाई लिएर संसदमा एमालेमा सचिव योगेश भट्टराईले समेत आकाशमा फर्केर थुक्का आफैलाई पर्ने भन्दै बालेनलाई सचेत गराउनु भएको थियो ।