
विदुर । नेकपा एमालेको जिल्ला अध्यक्षमा बद्री मैनाली निर्वाचित भएका छन् । आज सम्पन्न विद्युतीय मतदानपछिको मत गणना केहीबेर अधि मात्रै सार्वजनिक भएको छ । नेकपा एमाले निर्वाचन कमिटिका अनुससार मैनालीले ३ सय ४७ मत प्राप्त गरि बिजयी बन्नु भएको छ ।

यस्तै उहाका प्रतिस्पर्धी बुद्धि प्रदानको २ सय ३७ मत प्राप्त गर्नुभएको छ । मैनालीको पक्षबाट उपाध्यक्षमा बेलकोटगढी नगरपालिकामा पूर्व मेयर राजेन्द्ररमण खनाल ,सचिवमा शिव चित्रकार,उपसचिवमा राजेन्द्र पाण्डे र महिला उपसचिवमा रुपा सापकोटा निर्वाचित भएका छन् । अन्य सदस्यहरुमा पनि मैनाली पक्षका सदस्यहरुको बहुमत पुगेको छ । मैनालीलाई केशव पाण्डे र प्रधानलाई नारायण खतिवडा पक्षलको समर्थन रहेको थियो ।
निर्वाचन कमिटिका अनुसार उपाध्यक्षमा राजेन्द्र रमण खनालले ३४७,सुदर्शन नेपालले २४५,सचिवमा शिव चित्रकारले ३०६ र निलकण्ड आचार्यले २८६ मत प्राप्त गर्नुभएको छ । महिला उपाध्यक्षमा रुपा सापकोटाले २८६ र मंगलमाया प्रजापतिले २०० मत प्राप्त गर्नुभएको छ ।