
विदुर । नुवाकोट जिल्लाको बेलकोटगढि ७ रातमाटे खाल्टे नुवाकोट निवासी ६५ वर्षीय नारायण खनाल बिहीबार बेलुकी ७ं३० बजेबाट सम्पर्क बिहिन हुनुभएको छ । खनालका कान्छा छोरा विष्णु खनालका अनुसार बेलुका खान खाने बेलामा घमा कसैसँग केही नभनी हिडनु भएको थियो बेलुका सात बजेसम्म स्थानीय सप्तऋषि राईको पसमा रहेको र त्यहाबाट पनि केही नभनी तारुकाघाट तर्फ अघि बढेको सम्म स्थानीयले देखेको र त्यसपछि भने कसैले देखेको जानकारी आएको छैन ।

सँधै मोबाइल बोकेर हिड्ने गर्नुभएका खनालले सो दिन भने मोबाइल घरमा नै छाडेर हिडेको छोरा खनालले नुवाकोट पुकारलाई जानकारी दिनुभयो । खनाल परिरवारले बुबाको खोजीका लागि प्रहरीलाई समेत खबर गरिसकेको र प्रहरीले पनि खोजी कार्य जारी राखेको बताइएको छ ।
यस्तै स्थानीयहरु पनि खनालको खोजीमा हिजोबाट नै जुटेको भएपनि सो समाचार तयार पार्दासम्म कसैले फेला पार्न सकेका छैनन् । बुबा हराएको खबरसँगै अत्यन्तै चिन्तित रहेका छोराहरु राजधानीबाट हिजो नै नुवाकोटमा आएर बुवाको खोजीमा लागेका छन् । खनाल परिवार, आफन्तजन र साथीभाईहरुले पनि खनालको खोजीका लागि सामाजिक सञ्जालमार्फत पनि अपिल गरेका छन् ।
छोराहरुका अनुसार घरमा कुनै प्रकारको दवाव नरहेको र बुबालाई त्यस्तो अस्वभाविक खालको कुनै रोग नलागेका कारण बुबा ले किन यसरी घर छोड्नुभयो भन्नेमा आफुहरु निकै चिन्ति रहेको बताएका छन् ।बेलकोटगढी ७ रातमाटेस्थित खाल्टेमा खनालका श्रीमान श्रीमती मात्रै बस्दै आएका छन् । छोराहरु दुवै राजधानीमा व्यापार व्यवसायमा क्रियाशिल रहेका छन् ।परिवारजनले कसैले देखेमा नजिकैको प्रहरी कार्यालय वा छोराहरू अर्जुन खनाल र बिष्णु खनाल सहित अन्य आफन्तजनको उक्त मोबाइल नम्बरमा 9851071550/ 9851099013/9841595140/985121233 खबर गरिदिनुहुन पनि अपिल गरेका छन् ।