
विदुर । नुवाकोट जिल्ला सदरमुकाम समेत रहेको विदुर नगरपालिकाले संविधानमा व्यवस्था भए भन्दा दुई दिन अघि नै नगरसभाको आयोजना गरेको छ । संविधानमा उल्लेख भएअनुसार असार १० गतेभित्र स्थानीय तहले बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था अनुसार आज असार ७ गते जिल्ला समन्यव समितिको सभाहलमा आयोजित नगरसभामा उपमप्रमुख प्रभा बोगटीले १ अर्ब ११ करोड ५६ लाखको बजेट सार्वजनिक गर्नुभएको हो ।

नगरपालिकाको नगरसभा अन्र्तरगत १५ औँ अधिवेशन मार्फत आर्थिक वर्ष २०८१र०८२ को लागी नगरप्रमुख राजन श्रेष्ठले पेश गर्नुभएको नीति तथा कार्यक्रममा केन्द्रित भएर उपप्रमुख प्रभा बोगटीले एक अर्ब ११ करोड ५६ हजार रुपैयाँ हाराहारीको बजेट पेश गर्नुभएको छ । विदुर नगरपालिकाको यो बजेटले सिंगो नगरको विकासमा महत्वपुर्ण योगदान पुर्याउने विश्वास लिएको छ । नगरबासीको आकाँक्षा अनुसार सडक, भौतिक पुर्वाधार,खानेपानी, सिँचाई, शिक्षा, स्वास्थ्य स्वरोजगारी मुलक व्यवसायकासाथ कुलो, नहर, पर्यटन, संस्कृति, परम्परा, मूल्य मान्यताका आधारलाई प्राथमिकतामा राखेर बजेट बनाउने प्रयास गरिएको जानकारी दिनुभएको थियो ।

उपप्रमुख बोगटीले संघीय सरकार, प्रदेश सरकारबाट प्राप्त अनुदानसहित आन्तरिक स्रोत समेतलाई समेट्दै उक्त बजेट पेश गर्नुभएको थियोे । उहाले संघीय सरकारबाट समानुकिरण अनुदानतर्फ १४ करोठ ९१ लाख,ससर्त अनुदानतर्फ ४४ करोड करोड ३१ लाख २ हजार र विशेष अनुदान ३ करोड बाट जम्मा रु ६२ करोड ६४ लाख १२ प्राप्त हुने जानकारी दिनुभयो । यस्तै प्रदेश सरकारबाट विभिन्न शीर्षकका ७ करोड ६६ लाख ४४ हजार अनुदान प्राप्त हुने उल्लेख गरिएको छ । नगरपालिकाको आन्तरिक स्रोत अन्र्तरगत , राजश्व,सवारी कर,जरिवाना,कबाडी कर मालपोतसहित राजश्व बाँडपाmँडबाट प्राप्त हुने ३० करोड १८ लाखको अनुमान गरिएको छ भने नगरपालिकाको आन्तरिक स्रोतबाट ३ करोड ७० आम्दानी हुने अनुमान गरिएको छ ।

यस्तै नगरसभामा कुल बजेट वडा स्तरीय योजानका लागि ९ करोड र नगरस्तरीय योजानका लागि पनि ९ करोड बजेट विनियोजन गरिएको छ । आजको नगरसभामा तहगत शीर्षकका लागि मात्रै बजेटमा उल्लेख गरिएको छ । यस्तै कृषिका लागि ४८ लाख बजेट विनियोजन गरिएको छ । यस्तै सुचना तथा संचारका लागि ३३ लाख बजेट विनियोजन गरिएको छ । स्वास्थ्यका लागि ४९ लाख, सरसफाईकार्यक्रम २५ लाख, खेलकुदका लागि ३ करोड ५४ लाख बजेट विनियोजन गरिएको छ । सडकबत्ती सञ्चालनका लागि २० लाख बजेट विनियोजन गरिएको छ ।

यसअघि नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर राजन श्रेष्ठले आम नगरबासीको आकाँक्षा र नगरको बजेटकाबीच प्राथमकिताका आधारमा कार्यक्रम ल्याउने प्रतिवद्धता जनाउनुभयो । उहाले नगरको विकासका लागि खानेपानी, सिँचाई, कुलो,स्वास्थ्य, शिक्षा भौतिक पूर्वाधार, पर्यटन जस्ता क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने प्रतिवद्धता पनि जनाउनुभयो । मेयर श्रेष्ठले सडक सुधार, कृषि क्षेत्रको विकास,शान्ति सुरक्षा, खानेपानी, स्वरोजगारमुक व्यवसाय, व्यवसायीको हितका पनि नगरपालिकाले काम गर्ने उल्लेख गर्नुभयो ।
मेयर श्रेष्ठले कृषिको किसाका लागि कृषहरुलाई अनुदान दिनेदेखि माटो परिक्षणसम्मको कार्यक्रम समावेश गर्नुभएको छ । उहाले नगरसभाका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै सम्पूर्ण नगरबासीको सल्लाह र सुझावका आधारमा आफूहरु अघि बढ्ने प्रतिवद्धता पनि जनाउनु भएको थियो ।
तस्बिर ः रामहरि न्यौपाने