
विदुर । नुवाकोट जिल्लामा पनि आफ्नो कार्यक्षेत्र बनाएको ज्योति विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा विद्यालयहरुमा सहयोग गर्दै आएको छ । यसै क्रममा बैंकले नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा नं ८ थानापतिमा रहेको श्री जनज्ञान माविका लागि एक थना स्मार्ट टेलिभिजन सहयोग गरेको छ ।
शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंक छहरे शाखाका प्रमुख सुवर्ण सिटौलाले विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा विद्यालयको शैक्षिक सिकाईलाई प्रविधिमैत्री बनाउने उदेश्यले नुवाकोट विकास संस्थाको पहलमा लस एन्जल्स युएसए निवासी याक एण्ड यतिका फेसन सञ्चालक सचित भट्टचनले ५ थान ल्यापटप समेत प्रदान गर्नुभएको छ ।
कार्यक्रममा शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलीया,सो गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष केशव प्रसाद रिजाल,जनज्ञान माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि सिटौला, विद्यालयका प्रधानाध्यापक , स्थानीय बुद्धिजिवि, समाजसेवी, शिक्षक, विद्यार्थी तथा सर्वसाधारणको समेत सहभागिता रहेको थियो ।
नुवाकोट जिल्लाको पुरानो विद्यालयको रुपमा रहेको जनज्ञानमा झण्डै ६ सय विद्यालय अध्ययनरत रहेका छन् भने विद्यालयमा एसइई उत्तिण विद्यार्थीहरुका लागि कृषि जेटिए समेतको अध्यापन गराउँदै आएको छ । यस्तै कक्षा ११ मा व्यवस्थापनको कक्षा समेत हुँदै आएको छ ।