
काठमाण्डौ – नेपाल पत्रकार महासंघले आउँदो असार २२ गते मतदान गर्नेगरी महाधिवेशनको चुनावी कार्यतालिका सार्वजनिक गरेको छ । महासंघको केन्द्रीय निर्वाचन समितिले चुनावी कार्यतालिका प्रकाशन गरेको हो ।यद्यपि सदस्य
काठमाण्डौ – नेपाल पत्रकार महासंघले आउँदो असार २२ गते मतदान गर्नेगरी महाधिवेशनको चुनावी कार्यतालिका सार्वजनिक गरेको छ । महासंघको केन्द्रीय निर्वाचन समितिले चुनावी कार्यतालिका प्रकाशन गरेको हो ।यद्यपि सदस्य
काठमाण्डौ – नेपाल पत्रकार महासंघले आउँदो असार २२ गते मतदान गर्नेगरी महाधिवेशनको चुनावी कार्यतालिका सार्वजनिक गरेको छ । महासंघको केन्द्रीय निर्वाचन समितिले चुनावी कार्यतालिका प्रकाशन गरेको हो ।यद्यपि सदस्यता सम्बन्धि विवाद समाधान नभई कार्यतालिका सार्वजनिक गरिएको भन्दै पत्रकारहरुले असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

सत्ता साझेदार एमाले र माओवादी निकट पत्रकारहरुको संयुक्त भेलाले साझा धारणा बनाएसँगै निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । यसले दुई संगठनबीच गठबन्धन हुने लगभग निश्चित जस्तै बनेको प्रेस चौतारीका एक नेताले नुवाकोट पुकारलाई बताए ।
महासंघको निर्वाचन समितिले सार्वजनिक गरेको चुनावी कार्यतालिकाअनुसार यही असार २२ गते बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ । उम्मेदवारको मनोनयन दर्ता असार १३ गते र उम्मेदवारको नामावली प्रकाशन पनि त्यही दिन गरिने छ । उम्मेदवारको अन्तिम नामावली असार १५ गते प्रकाशन गरिनेछ । उम्मेदवारको नामावली उपरको दाबी विरोध असार १३ गतेदेखि असार १५ गतेसम्म तोकिएको छ ।
यसअघि असार १० गतेसम्म मतदाता नामावली उपर दाबी विरोधको समय निर्धारण गरिएको छ । असार १२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने महासङ्घको निर्वाचन समितिले जनाएको छ । पत्रकार महासंघमा सदस्या सम्बनिध विवकादका कारण निर्वाचनको कार्यतालिका सार्वजनिक हुन सकेको थिए । जेठमा नै विधान सम्बन्धि महाधिवेशन सम्पन्न भैसकेको छ । निर्वाचन मात्रै बाँकी रहेपनि महासंघमा सदस्यता शुद्धिकरण विवाद भने अझै समाधान हुन सकेको छैन ।