
काठमाडौं । शिक्षा मन्त्रालयले सबै विषयको परीक्षामा फेल हुनोलई मौका परीक्षा दिन पाउने व्यवस्था गरेको छ । बिहीबार सार्वजनिक भएको राष्ट्यि परीक्षा बोर्ड(एसईई) नतिजामा पास हुने भन्दा फेल हुने धेरै भएपछि शिक्षा मन्त्रालयले यस्तो निर्णय गरेको हो । शिक्षा मन्त्री सुमना श्रेष्ठको सक्रियतामा सरकारले यस्तो निर्णय गरेको हो । मन्त्रालयले सो निर्णय अनुसार राष्ट्यि परीक्षा बोर्ड र पाठ्यक्रम विकास केन्द्रलाई पनि निर्देशन दिइसकेको मन्त्रालयका प्रवक्ताले जानकारी दिनुभएको छ ।

यसअघि दुई विषय लागेकाले मात्र मौका परीक्षा दिन पाउने व्यवस्था भएकोमा धेरै विद्यार्थी फेल भएपछि सरकारले यस्तो निर्णय गरेको हो । आजको संसदका बैठकमा समेत धेरै विद्यार्थी फेल भएको विषयमा सरकारको आलोचना भएको थियो । प्रतिपक्षी दल कांग्रेसका सांसदहरुले समेत विद्यार्थी फेल भएको नभईसरकार फेल भएको आरोप लगाएका थिए । राष्ट्यि परीक्षा बोर्डले यस वर्षबाट ३५ नम्बर अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरेपछि धेरै विद्यार्थी फेल भएका हुन ।
कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ जना विद्यार्थीमध्ये २ लाख ४२ हजार ३१३ जना विद्यार्थीले कक्षा ११ मा पढ्न नपाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२।१४ प्रतिशत परीक्षार्थीले ननग्रेड एनजी ल्याएका छन् । सरकारको उक्त निर्णयसँगै यसअघि तय भएको मौका परीक्षा तालिका फेलबदल हुनसक्ने बताइएको छ ।