
विनिता डंगोल
काठमाडौं । नेपाल पत्रकार महासंघले सदस्यता विवाद समाधान नगरि निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको भन्दै नेपाल पत्रकार महासंघको ललितपुर शाखामा पनि तालाबन्दी गरिएको छ । नेपाल प्रेस युनियन ललितपुरका अध्यक्ष तथा पदाधीकारहरुको उपस्थितिमा पत्रकार महासंघ ललितपुरको कार्यालयमा तालाबन्दी गरिएको हो । प्रेय युनियनले आफ्ना देशभरका शाखा कार्यालयमा तालाबन्दी गर्न दिएको निर्देशन अनुसार युनियन ललितपुरले पनि महासंघमा तालाबन्दी गरेको हो ।

तालाबन्दीसँगै युनियलने विधि र प्रक्रिया विपरितको सदस्यता खारेजी हुनुपर्ने, प्रक्रिया पुरा गरेका पत्रकारहरुको नविकरण गरिनुपर्ने, अन्य शाखाबाट नाम हटाइएको पत्रकारहरुलाई ललितुपरमा सदस्यता दिन बन्द गरिनुपर्ने लगायतका माग राखेको छ । तालाबन्दीपछि युनियनका अध्यक्ष केदानाथ दाहालले महासंघलाई बारम्बार सदस्यता समाधान गरेर मात्रै अघि बढौं भन्दा भन्दै पनि जर्बरजस्ती निर्वाचनको कार्यतालिका सार्वजनिक गरेकाले तलाबन्दी गरिएको बताउनुभयो ।
यसअघि प्रेस युनियन केन्द्रीय समितिको नेतृत्वमा महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको थियो । महासंघको परिवर्तित कार्यतालिका अनुसार असार २२ गते निर्वाचनको मिति रहेको छ । तर युनियनसहित अधिकांश संगठन विरोधमा रहेकाले निर्वाचन हुने सम्भावना भने टर्दै गएको छ ।