
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्तापछि राजनीतिक समिकरण फेरि संकेत देखिएको छ । जसका लागि राजनीति एकाएक तातेको छ । नेकपा एमालेले मन्त्रीहरुलाई ‘हाइ अलर्ट’ मा राखेको बुझिएको छ ।

पछिल्लो राजनीतिक उतारचढावबीच एमालेका मन्त्रीहरुलाई ‘हाइ अलर्ट’ मा राखिएको बालकोट उच्च स्रोतले बताएको छ । यद्यपि यसको औपचारिक पुष्टि नभएपछि नेताहरुले त्यसतर्फ भने संकेत गरेका छन् । तर यो घटनालाई मत्थर पार्ने प्धानमन्त्रीले आजै एमाले अध्यक्षसँग भेटवाता गरिसक्नु भएको छ । हिजो दाहाल,ओली र गृहमन्त्री लामिछानेबीच पनि छलफल भएको थियो ।
उनीहरुलाई कुनै पनि राजीनामा दिन पर्ने अवस्था आउने भन्दै ‘हाइ अलर्ट’ मा रहन भनिएको हो । पछिल्लो समय प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन भन्दा बाहिर गएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफलमा रहेपछि देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच गम्भीर छलफल भएको थियो । उक्त छलफलपछि एकाएक तरंगित भएको राजनीतिले अर्कै मोड लिने संकेत दिइरहेको छ । यद्यपि शनिबारको देउवा र ओलीको भेटपछि केही अताल्लिएका प्रचण्डले ओलीसँग दुई पटक छलफल गरिसकेका छन् । ओली र देउवाको छलफलपछि देउवाले कांग्रेसको पदाधिकारी बैठकसमेत बोलाएका छन् । यसले थप तरङ्ग पैदा गरेको छ । प्रचण्डले ओली र देउवासँग समानान्तर शैलीमा हिँड्न खोजेसँगै दुई ठूला पार्टीका प्रमुखबीच एकाएक गम्भीर वार्ता भएको हो ।
२०७९ को पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रचण्डले दुई पटक काँध फेरिसकेका छन् भने अर्को काँध फेराइको संकेत र उतारचढावको चर्चासँगै सत्ता गठबन्धन तरंगित भइरहेको छ ।
पहिले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग लागेका प्रचण्ड अचानक कांग्रेससँगै टाँसिन आइपुगेका थिए । त्यसपछि गत फागुनमा फेरि एमालेलाई झुक्याए भन्दा पनि अप्रत्याशित तरिकाले कांग्रेसलाई झुक्र्यार प्रचण्ड फेरि एमालेतिरै लागेपछि उनीप्रति विश्वस दुवैतर्फ डगमगाउँदै गएको छ ।