
विदुर । नुवाकोट जिल्लाको विदुर नगरपालिका स्थित एक गोठमा लागेको आगोबाट ९ ओटा बाख्रा जलेर मरेका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटले दिएको जानकारी अनुसार आज १७ गते बिहान अन्दाजी ०१.१५ बजेको समयमा बिदुर नगरपालिका वडा नं०२ भैरवी टुडिखेत स्थित अचुतराज भण्डारीको बाख्रा पालन गरेको खोरमा आगलागी हुँदा खोरमा रहेको ९ वटा बाख्रा मरेका हुन ।
खोरमा रहेका ४ वटा खसी, ३ वटा बाख्रा,२ वटा पाठी जलेर मरेको प्रहरीले जनाएको छ । आगो निभाउन भैरवी नुवाकोटबाट तत्काल प्रहरी टोली खटि गई स्थानीय मानिसहरुको सहयोगमा आगो नियन्त्रणमा लिईएको, उक्त आगलागीको बिषयमा अनुसन्धान कार्य भई रहेको जनायउको छ ।