
फाइल तस्बिर
१७ असार, काठमाडौं । नेपाली राजनीति अन्तत ः नयाँ मोडमा पुगेको छ । नेकपा माओवादीका अध्यक्षले आफू रहँदासम्म उथलपुथलको राजनीति भैरहने भन्दै कांग्रेस एमालेका नेताहरुलाई कमजोर ठानिरहेका बेला दुई दललले ऐतिहासिक रुपमा नयाँ सहमति गरेका छन् दुई दल कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको छ । सोमबार राति दुई दलबीच सत्ता सहकार्य गर्ने सहमति भएको दुबै दलनिकट स्रोतले पुष्टि गरेका छन् ।

ललितपुरको एक होटलमा दुई दलका दोस्रो तहका नेताहरु लिखित सहमतिको मस्यौदा निर्माणमा जुटेका छन् । सोमबार नै सहमतिपत्रमा हस्ताक्षर गर्ने एक नेताले जानकारी दिए । दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने र पहिलो चरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने सहमति भएको छ । एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिनेछ । दुई दलबीच संविधान संशोधनका लागि सुझाव दिन एक समिति बनाउने पनि सहमति भएको स्रोतले जानकारी दिएको छ .
कांग्रेस एमालेबीच भएको मुख्य–मुख्य सहमति
एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने ।
डेढ वर्षपछि देउवा प्रधानमन्त्री बन्ने’
अर्थ सहित ९ मन्त्रालय एमालेलाई
गृह सहित १० मन्त्रालय नेपाली कांग्रेसले राख्ने ।
एमाले (कोशी,लुम्बिनी, कर्णाली) र (कांग्रेसले बाग्मती,गण्डकी र सुदुरपश्चिम ) प्रदेशमा सरकारको नेतृत्व गर्ने ।
मधेश प्रदेश, मधेश केन्द्रित दललाई दिने ।
निर्वाचन प्रणाली संशोधन गर्ने सहमति ।
निर्वाचन प्रणाली लगायतमा संविधान संशोधन गर्नका लागि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा संविधान संशोधन सुझाव समिति बनाउने।