नुवाकोटको सहरी विकास तथा भवन कार्यालय खारेज , भौतिक संरचना पुर्वाधार कार्यालयले प्रयाेग गर्ने

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार १७, बुधबार १३:१४

विदुर (नुवाकोट), असार १७। बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले सहरी विकास तथा भवन कार्यालय, नुवाकोटलाई हाल प्रयोग भइरहेको भौतिक संरचनाको व्यवस्थापन गर्न निर्देशन दिएको छ।


मन्त्रालयले असार १७ गते जारी गरेको पत्रमार्फत हाल कार्यालयले प्रयोग गर्दै आएको भौतिक संरचना सहरी विकास तथा भवन कार्यालय, काठमाडौंको एकाइ कार्यालय तथा पूर्वाधार विकास कार्यालय, नुवाकोटले प्रयोग गर्दै आएको उल्लेख गर्दै सोहीअनुसार संरचनाको व्यवस्थापन गर्न/गराउन अनुरोध गरेको हो।


मन्त्रालयका शाखा अधिकृत रघुनाथ अधिकारीद्वारा हस्ताक्षरित पत्रमा सम्बन्धित निकायलाई भौतिक संरचनाको उचित व्यवस्थापन तथा समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाउन भनिएको छ।
यस निर्णयसँगै नुवाकोटस्थित उक्त सरकारी संरचनाको प्रयोग र व्यवस्थापन थप व्यवस्थित हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *