लुम्बिनीमा कांग्रेसद्वारा सरकारको समर्थन फिर्ता, पाँच मन्त्रीको राजीनामा

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण १२, मंगलवार १९:३६

बुटवल — लुम्बिनी प्रदेश सरकारमा नेकपा (एमाले) र नेकपाबीच सत्ता सहकार्य अघि बढेपछि सत्ता साझेदार नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।


समर्थन फिर्ता लिएसँगै कांग्रेसका सरकारमा रहेका पाँचै जना मन्त्रीले राजीनामा दिएका छन्। उनीहरूको राजीनामा प्रदेशसभा संसदीय दलकी सचेतक धनलक्ष्मी श्रेष्ठमार्फत मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाइएको हो।


कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक जानकारीसमेत सचेतक श्रेष्ठले मुख्यमन्त्री आचार्यलाई गराएकी छन्। समर्थन फिर्तासँगै प्रदेश सरकारको राजनीतिक समीकरण परिवर्तन भएको छ भने नयाँ सत्ता समीकरणअनुसार सरकार पुनर्गठनको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *