
काठमाडौं, नेपाली हिन्दु महिलाहरुको महत्वपूर्ण पर्व हरितालिका तीजका अवसरमा राष्ट्रपति , प्रधानमन्त्री देखि विभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना दिनुभएको छ । मंगलबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका (तीज) पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गर्दै सम्पूर्ण बहिला दिदीबहिनीहरुमा हुभकामना व्यक्त गर्नु भएको छ ।
राष्ट्रपति भण्डारीले तीज पर्वले समाजका हरेक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले नेपाली जनताको शान्ति, विकास र सुशासनप्रतिको चाहनालाई व्यवहारमै रुपान्तरण गर्ने प्रयासमा निरन्तर क्रियाशील रहेको विश्वास व्इक्त गर्नुभएको छ ।


तीजको अवसरमा शुभकामना दिँदै उहाँले नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं सम्बद्र्धनका लागि प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ । हिन्दू धर्मावलम्वी नेपाली महिलाको महान पर्व हरितालिका तीज पर्वको अवसरमा एक शुभकामना सन्देशमार्फत उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुस्वास्थ्य, दीर्घायु तथा प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, ,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ,एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनतासमाजवादीका अध्यक्ष उपेन्द्र यादव, राप्रपा नेपालका अध्यक्ष कमल थापा समाजवादी नेपालका अध्यक्ष बाबुराम भट्टराई लगायतका नेतहरुले शुभकामना व्यक्त गर्नुभएको छ । नेपालमा भाद्र शुक्ल पक्ष तृतीयाका दिनलाई भगवान् शिव पार्वतीको पूजा आराधना गर्दै हिन्दू महिलाहरूले हरितालिका तीज पर्व मनाउने भए पनि हालका दिनमा नेपालमा सबै धार्मिक समुदायले यस पर्वलाई पारिवारिक सु–स्वास्थ्य र दीर्घायुको कामना एवं विश्वासकासाथ श्रद्धापूर्वक मान्ने गरेको पाइन्छ ।