
विदुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । एमालेले जिल्लाको क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ एमालेबाट पार्टी जिल्ला अध्यक्ष बद्री मैनालीको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ । । आइतबार बसेको क्षेत्रीय कमिटी बैठकले मैनालीको नाम सर्वसम्वत रुपमा सिफारिस गरेको नेकपा एमालेले जनाएको छ । यस्तै बैठकले समानुपातिकमा विन्दा ढुंगाना र गोकर्णराज पाठकको नाम सिफारिस गरेको छ ।
सो बैठक अघि भएको प्रदेशसभा क को बैठकले प्रदेश कमिटीका सदस्य बलराम आचार्यसहित ८ जनाको नाम प्रदेशसभाका लागि सिफारिस गरेको छ । सिफारिस हुने अन्यमा बागमतीकै सदस्य मिलन लामा, जिल्ला कमिटीका उपसचिव निलकण्ठ आचार्य, जिल्ला कमिटी सदस्य मनोज उप्रेती, स्थानीय चुनावअघि सुनबहादुरसहित कांग्रेसबाट एमाले प्रवेश गरेका सुशील खड्का, राजकुमार पण्डित, केदार थापा र गणेश पाण्डे रहेका छन ।
यस्तै क्षेत्र नं दुईले पनि प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार हुन चाहानेको नाम सिफारिस गरेको छ । आइतबार क्षेत्र नम्बर २ समन्वय कमिटीले प्रतिनिधीसभाका लागि प्रत्यक्षतर्फ ५ जनाको नाम सिफारिस गरेको हो । प्रतिनिधीसभामा हाल सांसद समेत रहेका नारायणप्रसाद खतिवडा, प्रदेश सांसद केशवराज पाण्डे, विष्णु लोहनी, रामशरण प्याकुरेल र माधवप्रसाद तिवारीको नाम सिफारिस गरेको नकेपा एमाले समन्वय कमिटिले जनाएको छ ।
यस्तै यस्तै समानुपातिकतर्फ भने पूर्व मन्त्री समेत रहेका महेन्द्रबहादुर पाण्डे, अजितमान तामाङ, श्रीमाया लामा र दुर्गा वस्तीसहति ४ जना सिफारिसमा गरेको छ । एमालेले राप्रपा लगायतका अन्य दलसँग तालमेल गर्ने भनिएपनि पार्टीको तर्फबाट उम्मेदवार भने सिफरिस गरेको छ । यसअघि कांग्रेसले चार प्रदेश र दुई क्षेत्रका लागि उम्मेदवार सिफारिस गरिसकेको छ । माओवादीसहितका अन्य दलहरुले भने यो समाचार तयारपार्दासम्म उम्मेदवार सिफारिस गरेका छैनन् ।