
हेटौडा । बेलकोटगढी नगरपालिकाका उपमेयर शिव दाहाल दुई दर्जन योजना बोकेर मुख्यमन्त्रीको कार्यालय पुगेका छन् । समग्र बेलकोटगढी नगरपालिकाको विकास लागि विभिन्न योजनासहित उपमेयर दाहालले मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको ध्यानाकर्षण गराएका छन् ।
धुनिबेशी नगर प्रमुख बालकृष्ण आचार्य सहित मुख्यमन्त्रीसँग भेट गरेका उपमेयर दाहालले जिबनपुर कोल्पु कुमरी सडकमा पर्ने कोल्पुखोला पुल निर्माण र पिप्लामोड र्यालेचौर कोल्पु चिनियाखर्क चिम्टेश्रर सडक यथासिघ्र अघि बडाउने बिषयमा मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको बताएका छन् ।
यस्तै यस विषयमा धुनीबेसी नगरपालिकाका मेयरसँग पनि पिप्लामोड र्यालेचौर कोल्पु चिनियाखर्क चिम्टेश्रर सडक यथासिघ्र अघि बडाउने बिषयमा छलफल भएको उपमेयरको सचिवालयले जनाएको छ । भेटमा बेलकोटगढी वडा नं २ का वडा अध्यक्ष रामचन्द्र तिमिल्सिनाको पनि सहभागिता रहेको थियो ।

नेपाली कांग्रेसबाट उपमेयरमा निर्वाचित दाहालले यसअघि पुरातात्विक विभागमा पुगेर नुवाकोट जिल्लाको पुरातात्तिक सम्पदाहरुको संरक्षणमा जोड दिएका थिए । यसअघि नगरपालिकाले सय दिनको उपलब्धि सार्वजनिक गर्दै समग्र बेलकोटगढीको विकासका लागि सय दिनमा सयवटा काम गरेको दावी गरेको थियो । सत्ता गठबन्धनबाट निर्वाचित मेयर र उपमेयर यतिखेर नगरको बजेटमा भन्दा अन्य क्षेत्रबाट सहयोग लिनका लागि दौडधुप गरिरहेका छन् ।