
शुकदेव दाहाल
विदुर । प्रमुख सत्ताधरी दल नेपाली कांग्रेसभित्र यतिखेर पार्टी सच्चिने कि सक्किने भन्ने बहस तल्लो तहदेखिनै तातेको छ । विशेषत त वैशाख १० गते तीन निर्वाचन क्षेत्रमा भएको उपनिर्वाचनमा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका गोविन्द भट्टराई र जितनारायण श्रेष्ठलाई राष्ट्यि स्वतन्त्र पार्टीका उम्मेदवारहरुले भारी मतकासाथ हराएपछि कांग्रेस आम नारिकका विचमा कमजोर भएको र जनताको विश्वास गुमाउँदै गएको कुरा शहर बजारमा मात्रै होइन गाउँघरमा समेत चल्न थालेको छ । पार्टीमा यतिखेर स्पष्ट रुपमा दुई धार आमने सामने रुपमा एक पक्षले अर्को पक्षलाई आरोप लाउने काम गरिरहेका छन् ।
नेपाली कांग्रेसमा रहेका बेला अर्थविद्ध डा. स्वर्णीम वाग्लेलाई विश्वले नै चिनेको अर्थविद्ध भनेर पगरी गुथाएको कांग्रेसले उनीले कांगेस पार्टी नै राम्रोसँग चिन्न पाएनन् तर कांग्रेसले उनलाई दिनमिल्ने जति लाभ दियो । तर उनी टिकट नपाएको बहानामा पार्टी छाडे र राट्यि स्वतन्त्र पार्टीबाट चुनाव पनि जिते । त्यसपछि भने उनका पछि लाग्नेहरुले कांग्रेसलाई गाली गर्न थाले । यसले पनि कांग्रेसको शाख कमजोर बन्दै गयो । यति हुँदा पनि कांग्रेसले आफूलाई सुधारको बाटोमा अघि सारेको देखिदैन । पार्टीका सभापति शेरबहादुर देउवाले आफूले गर्नुपर्ने काम नगरेका कारण नै कांग्रेसका नेता कार्यकर्ता विचलित अवस्थामा पुगेका छन् । दुई जना महामन्त्री जसलाई सिंगो कांग्रेसले आश गरेको थियो तर उनीहरुले पनि पार्टीलाई हिडाउने सुत्र लिएर सभापतिकोमा पुन सकेका छैनन् ।
सभापति र महामन्त्री भनेको कांग्रेसको मेरुदण्ड हो तर दुई पक्षबीचको जुहारीका कारण कांग्रेसको सोझासाझा नेता कार्यकर्ता मारमा परेका छन् । पार्टीका यूवा नेताहरु सभापतिकोमा पुगेर पार्टीलाई शुकिरण गर्ने विषयमा किन मुख खोल्न सकेका छैनन् । त्यो सँगै अर्को गुरुराज सिघमिरे समूहले पनिदेश दौडाहको कार्यक्रम गरिरहेको छ । तर यि सबै कार्यक्रमले सगिो कां्रेसलाई नै क्षयिकरण गर्ने निश्चित छ । कांग्रेसभित्रको यो आन्तरिक किचलोका कारण गाउँमा कांग्रेस भष्टहरुको पार्टी गुट नै गुटको पार्टी भन्ने सन्देश गएको छ । यि तमाम मुद्दाकाबीच कांग्रेस बोलिरहेको छैन । सभापति देउवाले यस्ता विषयलाई चिर्दै कांग्रेसको धारणा र अवको रणनीति सार्वजनिक गर्न नसक्दा जनता कांग्रेसप्रति विश्वस्त हुन सकिरहेका छैनन् । महामन्त्रीले सभापतिले अति गर्नुभयो अब सहन्नौ भनेपनि उनीले पनि पार्टीका लागि कुनै त्यस्तो नयाँ कार्यक्रम ल्याउन आँट गरेको देखिदैन । महामन्त्रीहरुले जति फलाकेपनि उनीहरुलाई तल्लो तहका नारिकले यतिखेर विश्वास गर्न सकेको देखिदैन ।
यसको एक उदाहरण हो नुवाकोट जिल्लामा मात्रै कांग्रेसमा राम्रै नाम चलेकाहरु पनि पार्टी छाडेर अन्त लागेका छन् । यो क्रम अझै चल्ने देखिन्छ । तर यसलाई रोक्न कांग्रेसले पार्टीको संरचनालाई पूर्णता दिने र भातृ संस्थाहरुको महाधिवेशन गराएर नेतृत्व हस्तान्तरण गर्दै केन्द्रीय समिति र विभालाई पूर्णता दिएर नेता कार्यकर्तालाई गाउँ गाउँमा पठाउन सक्छु पर्दछ । यसको लागि तदारुकता सभापति लै नै देखाउने हो । तर उहाले विगत ६ महिनादेखि केन्द्रीय समितिको बैठक बोलाएर निर्वाचनको समेत समिक्षा गर्ने वातावरण बनाउनु भएको छैन । यो नै नेतृत्वको कमजोरी हो । सभापति देउवाले हालै एक कार्यक्रममा त भन्नुभयो मैले कांग्रेसलाई एक नम्बरको पाटीृ बनाएको छु ।
नेविसंघले धरै क्याम्पसमा जितेको छ , म अब सभापति लड्दिन अब आउने युवाहरु हो ,काम गर्नु मिलेर जाउँ , उहाको कुरा स्वात योय छ ,तर मिलाउनका लागि उहाबाट सुरुवात गर्नु जरुरी देखिन्छ । उहाको निर्देशनमा पार्टी चल्ने भएकाले उहाले गुटभन्दा माथि उठेर कांग्रेसलाई एक नम्बरको पार्टी बनाएर देखाउने यो अवसरको सहि सदुपयोग गर्न सक्नुपर्दछ । तब मात्रै कांग्रेसले आफ्नो पुरानो इतिहासलाई कायम राख्न सक्छ । नत्र भने कांग्रेस छाड्ने क्रम चलिरहने छ र जनताले विश्वास र्न पनि क्रमश ः छाड्दै जानेछन् ।