
तुप्चेमा आयोजना गरिएको धान दिवसका अवसरमा प्रमुख अतिथि बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा सहितका सहभागिहरु
विदुर । आज असार १५ ,धान दिवसको रुपमा परिचित दिन हो । आजको दिनलाई सरकारकारले धान दिवसको रुपमा मनाउन थालेको छ । धान दिवससँगै दहि चिउरा खाएर मनाउने दिनमा रुपमा पनि असार १५ लाई लिने गरिएको छ । यसै अवसरमा नुवाकोट जिल्लाको विभिन्न भागमा धान दिवस मनाइएको छ । बेलकोटगढी नगरपालिकाले बासुकी फाँटमा २० औं धान दिवस तथा रोपाई महोत्सव आयोजना गरेको छ ।
बेलकोटगढी नगरपालिकाको आयोजना र पर्यटन बोर्डको प्रर्वधनमा आयोजना गरिएको धान दिवसमा पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुसिला शेर्पाली ठकुरीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र बिक्रम सिंह ठकुरी, बेनपा प्रमुख जगत लामा,उपप्रमुख शिव प्रसाद दाहाल ,प्रधानमन्त्री कृषि आधुनिनिकरण परियोजना प्रमुख, पर्यटन संघसंगठनका प्रमुख एवं सरोकारवाला हरुको उपस्थितिमा रहेको थियो । बेलकोटगढि नगरपालिकाका प्रमुख जगत गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न विद्यालयबाट विद्यार्थीहरु सहभागि भएका थिए भने कलाकारहरुले विभिन्न सांगेतिक कार्यक्रम पनि पस्केका थिए ।
कार्यक्रममा प्रमुख अतिथि शेर्पाले नेपाल कृषि क्षेत्रमा आत्म निर्भर हुनुपर्ने भन्दै सरकारले कृषहरुका लागि विभिन्न राहतमुलक कार्यक्रम ल्याएको बताउनु भयो । उहाले मलमा ५० प्रतिशत अनुदान दिएकाले विस्तारै मलको समस्या समाधान गर्नका लागि सरकार क्रियाशिल रहेको बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्र विक्रम ठकुरीले नेपालाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने विषयमा सरकारले गम्भीर रुपमा कार्ययोजना ल्याउनुपर्नेमा जोड दिनुभएको थियो । बेलकोटगढी नगरपालिकाका मेयर जगत लामाले नेपालले असार १५ गते धान दिवस तथा रोपाई महोत्सव गरेर विश्वलाई नेपालमा कसरी धान रोपिन्छ भन्ने कुरा देखाएको उल्लेख गर्नुभयो ।
उहाले नेपालमा परम्परागत रुपमा धान खेती कसरी गर्दछन् भन्ने उदेश्यकासाथ कार्ययोजना गरिएको बताउनुभयो । मेयर लामाले धान दिवसलाई पर्यटनसँग समेत जोडेर कार्ययोजना सहित नेपालको धान खेतीका बारेमा विश्वलाई चिनाउने अवसर रहेको बताउनुभयो । उहाले सबैको उदेश्य नेपाललाई कृषिमा कसरी आत्मनिर्भर बनाउने भन्ने नै रहेको भन्दै पहिलो कुरा किसानलाई समयमा नै मल कसरी पुर्याउने भनेर स्थानीय सरकार लागि परिरहेको बताउनुभयो । उहाले गत वर्षको जस्तो मलको समस्या पनि नहुने बताउनुभयो ।

बेलकोटगढी नगरपालिकाको आयोजना र पर्यटन बोर्डको प्रर्वधनमा आयोजना गरिएको धान दिवस रोपाई महोत्सव
यस्तै नेकपा एमालेले असार १५ गतेको अवसरमा नेपाल किसान महासंघ, नुवाकोट र नेकपा (एमाले विदुर –१० को आयोजनामा धान दिवसको अवसरमा विदुर – १० गेर्खुटारमा धान दिवस मनाएको छ ।
एमालेले आयोजना गरेको धान दिवस तथा रोपाई महोत्सवमा नेकपा एमालेका नेताहरु केशव पाण्डे, नारायण खतिवडा, अध्यक्ष बद्री मैनाली, विदुर नगरपालिकाकी पुर्व उपमेयर गिता दाहाल अर्यात लगायतकाको उपस्थिति रहेको थियो । रोपाई महोत्सवमा एमालेका नेता तथा कार्यकर्ता एवं किसानहरु खेतमा गरामा हिलाम्मेभएर रमाइरहेका थिए ।
यस्तै विदुरको तुप्चेमा पनि बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाको प्रमुख आतिथ्यतामा धान दिवस तथा रोपाई महोत्सवको आयोजना गरिएको छ ।

नेपाल किसान महासंघ, नुवाकोट र नेकपा (एमाले विदुर –१० को आयोजनामा धान दिवसको अवसरमा एमालेका नेता तथा कार्यकर्ता एवं किसानहरु
कार्यक्रममा प्रमुख अतिथि लामाले धान दिवससँगै नेपाललाई कृषि क्षेत्रमा आत्म निर्भर बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विदुर नगरपालिकाका उपमेयर प्रभा बोगटी लगायताले धान दिवसका अवसरमा मन्तव्य राख्नु भएको थियो