
काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद केही मत्थर भएको छ । पार्टीलाई शुद्धिकरण गर्ने भन्दै जिल्ला दौडाहामा निस्किएका नेतादेखि, विशेष महाधिवेशन गरेर सभापति शेरबहादुर देउवालाई हटाउने रणनीतिसम्म लागेकाहरुलाई समेत समेटेर सभापति शेरबहादुर देउवाले पार्टीलाई आफै चलायमान बनाउन थाल्नु भएको छ ।
सोही अनुसार सभापति देउवाले सिंगापुरबाट स्वास्थ्य परिक्षण गराएर फर्कै लगत्तै नेपाल तरुण दलको कार्यसमितिलाई पूर्णता दिनुभएको छ । देउवाको नाममा आएको तरुण दल मनोनित गरिएको पत्र भएपनि त्यहाँ अरुकै बढि हालीमुहाली हुने गरेको तथ्य बाहिरिएको छ । तरुण दल गठनमा जस्को शक्ति उसको भक्ति भनेजस्तो आफू निकटकाहरुको नाम धमाधम खल्तीबाट निकालेर टाइप गर्ने गरिने गरिएको छ ।
यसले कतिपय आउनुपर्ने मान्छे नआएको भन्दै सभापतिसमक्ष गुनासो पुगेको छ । नेपाल तरूण दल सभापति विद्धान गुरुङको अध्यक्षतामा गठित नेपाल तरूण दल केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा प्रदेशगत रुपमा झण्डै चार सयलाई मनोनित गर्नुभएको छ । नेपाली कांग्रेसको पार्टीको एउटा पिल्लरको रुपमा रहेका तरुण दल लामो समयदेखि निश्क्रिय रहँदै आएको थियो । तर पार्टी प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महत र पूर्व महामन्त्री कृष्ण सिटौलाले आफूलाई जानकारी नै नदिइ केन्द्रीय समिति विस्तार गरिएको विषयमा पार्टी सभापतिको ध्यानाकर्षण गराउनु भएको बुझिएको छ ।
सिटौला र महतको दवावपछि तरुणदलमा ५० जना केन्द्रीय सदस्य थपिने सम्भावना रहेको नेताहरुले बताएका छन् । झण्डै चारसय जनाको जम्बो टिम बनाउँदा समेत कसलाई कहाँ राख्ने भन्ने हेक्का नारखी बनाइएको र त्यो पार्टीको विधान विपरित भन्दै रिोध भएको छ । तर लामो समयदेखि तरुण दल पार्टीका संरचनाहरु सक्रिय नभएका बेला कम्तिमा पार्टीका युवाहरुले आफ्नो प्रोफाइल बढाउन पाएको भन्दै सकारात्मक प्रतिक्रियाहरु बढि नै आएका छन् ।
तर संगठन निर्माणका विषयमा सभापति अन्य व्यक्रि हावी हुँदा भने यसले पार्टीमा झन विवाद बढाउने देखिएको छ । यस्तै सूचना तथा सञ्चार विभाग बनाउँदा समेत सभापति देउवा सिंगापुर भएका बेला त्यसको संयोजक तोकिनु भएका मिन विश्वकर्माले आफ्नो अनुकुलका मानिसहरुलाई मनोनित गर्नु भएको आरोप लागेको छ । पत्रकारका नाममा एक जना परेका छन् । यसैबीच नुवाकोटबाट तरुण दलमा मनोनित भएकाहरुलाई पार्टी नेता जदीश्वरनरसिंह केसीले घरमा बोलाएर खादा लगाएर स्वागत गरेका छन्