
विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरिदँै
विदुर । जिल्ला समन्वय समितिको आयोजनामा नुवाकोटमा आयोजना गरिएको दोस्रो जिल्ला समन्वय खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधी नारायण दिवाली र रोशन अधिकारीको जोडी र बिबेक जोशीको जोडीले जित्न गर्न सफल भएका छन् । शनिबार सम्पन्न भएको अन्तिम खेलामा समुह ए बाट बिबेक जोशीको जोडीले सुरज लामा र कुमार डंगोलको जोडिलाई २१–१८, २३–२१ र १९–८ ले पराजित गर्दै प्रोग्रेससेन्टको आधारमा प्रथम भएका हुन ।

यस्तै समुह बि बाट नारायण दिवाली र रोशन अधिकारीको जोडी र बिबेक जोशीको जोडीलाई २१–१८ र २१–१० को सोझो सेटले पराजित गरी प्रथम भएका थिए । यस्तै प्रतियोगितामा विजयी भएकाहरुलाई बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले पुरस्कार प्रदान गर्नुभएको थियो । पुरस्कार वितरणपछिको कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री लामाले खेलकुदलाई राज्यले विशेष महत्वकासाथ लिएको भन्दै खेल क्षेत्रको विकासको लागी प्रदेश सरकार सिन सकारात्मक रहेको उल्लेख गर्नुभएको थियो ।

समापन कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोट प्रमुख रजिन्द्रबिक्रमसिंह ठकुरी, बिदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, तादि गाउपालिकाका अध्यक्ष सन्तमान तामाङ, जिल्ला खेल खेलकुद विकास समितिका अध्यक्ष सन्तोष राई, नुवाकोट ब्याटमिन्टन संघका अध्यक्ष धनसिङ तामाङ, उद्योग बाणिज्य संघ बागमती प्रदेसका सदस्य गिता अमात्य, उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठलगायतको सहभागिता रहेको थियो । तीन दिनसम्म चलेको खेलमा ५५ टिमको सहभागिता रहेको थियो ।