
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबिच भेटवार्ता भएको छ । नेकपा एसको पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा मंगलबार नेताद्धयबिच भेटवार्ता भएको नेकपा एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिनुभयो ।
भेटमा समाजवादी मोर्चालाई मोर्चालाई सक्रिय बनाउने,बाम एकताका लागि पहल गर्ने विषयमा छलफल भएको हो । त्यस्तै पार्टीभित्र देखिएका असमझदारीलाई निराकरण गर्ने विषयमा पनि छलफल भएको बताइएको छ । बैठकमा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ,नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे लगायत सहभागी थिए ।