
तस्बिर ः सामाजिक सञ्जालबाट
विराटनगर । नेपाली कांग्रैस संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । ।नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम प्रदेश प्रमुख पर्शुराम खापुङले कोशी खापुङले उहाँलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।
भोलि बिहान ९ बजे मुख्यमन्त्रीले शपथ लिनुहुने कार्यक्रम तय भएको छ । प्रमुख सत्ताधारी दलको तर्फबाट थापालाई मुख्यमन्त्री बनाउने सहमति भएको थियो । सोही सहमति अनुसार थापाको पक्षमा बहुमत पुगेको हो ।
यसअघि एमालेबाट मुख्यमन्त्री बन्नुभएका हिक्मत कार्कीले प्रदेशसभामा विश्वासको मत पाउन नसकेपछि नयाँ सरकार ठनको विकल्प तयार भएको थियो । थापाको नियुक्तिसँगै नेपाली कांग्रेसले चार वटा प्रदेसभाको नेतृत्व गर्ने अवसर पाएको छ ।