
काठमाडौ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेलालो १४ बुँदे आन्तरिक घोषणपत्र जारी गर्दै आज साँझ सम्पन्न भएको छ । नेपाली कांग्रेसका महामन्त्रीद्धयले आयोजना गर्नुभएको भेलामा पार्टीको क्रियाशिल सदस्यता वितरण, आन्तरिक संगठनलाई जनस्तरसम्म पुर्याउने विषयमा छलफल भएको बैठकमा सहभागि नुवाकोट कांग्रेसका सभापति रमेश महतले नुवाकोट प्ुकार डटकमलाई जानकारी दिनुभयो ।
बैठकमा महामन्त्रीद्धयले अनलाईन मार्फत वितरण गर्न लागिएको क्रियाशिल सदस्यताका विषयमा जिल्ला सभापतिहरुसँग राय लिएका थिए । महामन्त्रीद्धयले सभापतिहरुको सुझावलाई केन्द्रीय कमिटिको बैठकमा राख्ने र सभापतिलाई तत्काल जानकारी गराउनेप्रतिवद्धता जनाउनु भएको छ ।
छलफलमा सरकारका क्रियाकलादेखि पार्टी संरचनालाई बलियो बनाउने विषयमा पनि छलफल भएको बताइएको छ । सभपातिहरुको छलफलमा पार्टीका अन्य नेताहरु सहभागि भएका थिएनन् । पार्टी सभापति , नेता शेखर कोइराला लगायतका नेताहरु सहभागि नहनुले बैठकको मुख्य उदेस्यमाथि नै कतिपय जिल्ला सभापतिहरुले प्रश्न गरेका थिए । तर महामन्त्रीद्धयले सभापतिको राय अनुसार नै जिल्ला सभापतिहरुसँग छलफल आयोजना गरिएको जानकारी गराएको छलफलमा सहभागि अर्का एक सभापतिले नुवाकोट पुकार अनलाईनलाई बताउनुभयो ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयको आयोजनामा असार २१ गतेदेखि शुरु भएको जिल्ला सभापतिहरुको दुई दिने बैठक १४ वुँदे आन्तरिक प्रतिवद्धता पारित गर्दै सम्पन्न भएको हो । पार्टी केन्द्रीय कार्यालयका कावा मुख्य सचिव डा प्रदिप पराजुलीले जारी गर्नुभएको विज्ञप्ति अनुसार बैठकमा जिल्ला सभापतिहरु— योगेन्द्र पञ्जियार (धनुषा), रुपनारायण जवेगु (पाँचथर), दिनेश राई (धनकुटा), विष्णुकुमार राई (खोटाङ), किशोरदत्त बराल (कास्की), केदार भण्डारी (सुनसरी), राजेश्वर खनाल (चितवन), केशबहादुर विष्ट (सल्यान), नागेश्वर यादव (महोत्तरी), अरुणप्रकाश सिंह राठौर (वर्दिया) र रमेशकुमार महत (नुवाकोट), जिल्ला सभापति कारणवस अनुपस्थित रहेका जिल्लाका हकमा का.वा. सभापति झपेन्द्र गैरे (पाल्पा), उपसभापति बीरबहादुर विष्ट (बैतडी), जिल्ला सचिवहरु— बालदीप कँडेल (सुर्खेत), अजय लुइटेल (ओखलढुंगा), केशवराज मिश्र (कैलाली), गुप्तनिधि शर्मा (पर्वत), माधवप्रसाद ढकाल (काभ्रे), प्रतिनिधिहरु— मुकेश सिंह (बारा) र निर्मला खड्का (भोजपुर) ले आ–आफ्नो धारणा राख्नु भएको थियो ।
बैठकको अन्त्यमा, पार्टीका महामन्त्रीद्वय– गगनकुमार थापा र विश्वप्रकाश शर्माले बैठकबाट आएका सुझावहरुलाई पार्टी तहमा छलफल गरी आवश्यकता अनुसार आगामी केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको पराजुलीले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।कांग्रेसले असरा २७ गते १ बजे केन्द्रीय कार्यासमितिको बैठक बोलाएको छ । बैठकमा निर्वाचनदेखि वर्तमान सरकार गठन सम्मको विषयमा छलफल हुने बताइएको छ ।