
बेलकोटगढी नगरपालिका वडा नं ७ मा रातमाटेमा भएको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्नमा उपमेयर शिव दाहालसहितका सहभागिहरु
रातमाटे । जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं ७ मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आज शुत्रबार रातमाटे चौतारामा भएको सार्वजनिक सुनुवाई स्थानीय सरकारले गर्ने विकास निर्माणका विषयमा सर्वसाधारणले आ आफ्नो धारणा राखेका थिए ।
बेलकोटगढी नगरपालिकाका उपमेयर शिव प्रसाद दाहालको प्रमुख आतिथ्यतामा भएको सार्वजनिक सुनुवाईमा नगरपालिकाले प्रवाह गर्ने सेवा लगायत नगरपालिकाबाट वितरित योजनाको कार्यान्वयनका विषयमा सर्वसाधारणले राखेको जिज्ञासाको उपमेयर दाहालले जवाफ दिनुभएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा उपमेयर दाहालले नगरपालिकाले गर्ने हरेक काम जनसमुदायसम्म पहुँच पुग्ने ढंगले प्रवाह भैरहेको भन्दै नगरले गर्ने हरेक कामलाई पारदर्शी रुपमा अघि बढाउने प्रतिवद्धता जनाउनुभएको थियो । उपमेयर दाहालले साधन र स्रोतको अभावकाबीच पनि प्राथमिकताका आधारमा योजना छनोट गरेर विकास निर्माणलाई अघि बढाउँदै जाने नगरपालिकाको योजना रहेको बताउनु भएको थियो ।

नगरपालिकाले प्रवाह गरेको सेवा तथा विकास निर्माणका विषयमा धारणा राख्दै उपमेयर शिव दाहाल
कार्यक्रममा वडा नं ७ का वडा अध्यक्ष भुवनेश्वर नेपाल, नगरकार्यपालिका सदस्य गमला लामा, पूर्व वडा अध्यक्ष, समाजसेवी, बुद्धिजिवि, तथा आम सर्वसाधारणको सहभागिता रहेको थियो । कार्यक्रममा नगरपालिकाले वितरण गरेको योजनाको काया{न्वयन गर्ने विषयमा सर्वसाधारणले उपमेयरको ध्यानाकर्षण समेत गराएका थिए ।