
फाइल फोटो ः गुगल
काठमाडांै । सँधै राजनीतिक विचार र कांग्रेस भित्रको आन्तरिक किचलोमा आफ्ना अभिव्यक्ति राख्दै आउनु भएका कांग्रेस महामन्त्री गगन थापाको शनिबार एक स्ट्याट्सले भने वास्तविक रुपमा नेपाली समाजबारे चित्रण गरेको छ । उनको योअभिव्यक्तिलाई लिएर एक सिंगो समाज र आम युवा जगत भावुक र तरंगित बनेको छ ।
मुलुमा बढ्दो बेरोजगारी , समाजिक प्रतिस्पर्धा र सामाजिक सञ्जालका कारण आम युवा पंक्ति मात्रै होइन सिंगो समाज नै एक्लिदै गएको अनुभवकासाथ महामन्त्रीले लेखेको त्यो भनाइले नेपाली समाजको वास्तविक चरित्र बोकेको छ । महामन्त्री थापाले पछिल्लो पटक हालै एक ३१ वर्षीय कलाकारले आत्महत्या गरेको विषयलाई स्मरण गर्दै नेपाली समाजको वास्तविक चित्रण गर्न खोज्नु भएको छ ।
पछिल्लो समय मुलुकमा आत्महत्या गर्ने क्रम बढिरहेकोमा उहाले मानिस सामाजिक सञ्जालका कारण एक्लो हुँदै गएको, प्रविधिमैत्री हुँदा त्यसको प्रभावले समाज नै विखण्डित हुँदैं गएको जस्ता कुरा उल्ल्ेख गर्नुभएको छ । उहाले पछिल्ला केही हप्तामा सामाजिक सञ्जाल, युवा कलाकारहरूको आत्महत्याको खबरले भरिएको र एक पछि अर्को प्रतिभाले आफ्नो जीवन अन्त्य गरेको देख्दा मन कुँडिएको उल्ल्ेख गर्नुभएको छ ।
थापाले विहान सामाजिक सञ्जाल खोल्दै गर्दा एक जना अर्को कलाकारको त्यस्तै खालको अभिव्यक्ति देखेँ,एकदमै अत्यास लाग्यो ।थापको उक्त स्ट्याट्प्रति पनि आम युवाहरुको नैराश्यता नै प्रकट भएका कमेन्टहरु आएका छन् । यसले त झन समाज नै नैराश्यतामा डुबिरहेको संकेत गरेको जस्तो देशिन्छ । थापाको भनलईले वास्तवमा समाजको वास्तविक चरित्रको चित्रण भएको नुवाकोट पुकार डटकमलाई बताउनु भएको छ ।
थापाले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको विषय यस्तो छ
मन निक्कै भारी छ, मस्तिष्क प्रश्नहरूले घेरिएको छ।पछिल्ला केही हप्तामा सामाजिक सञ्जाल, युवा कलाकारहरूको आत्महत्याको खबरले भरियो। एक पछि अर्को प्रतिभाले आफ्नो जीवन अन्त्य गरेको देख्दा मन कुँडिएको छ। आज बिहान सामाजिक सञ्जाल खोल्दै गर्दा एक जना अर्को कलाकारको त्यस्तै खालको अभिव्यक्ति देखेँ। एकदमै अत्यास लाग्यो। आखिर हामी कहाँ चुक्यौँ? हाम्रो समाज कहाँ चुक्यो? किन हरेक वर्ष आत्महत्या गर्नेहरूको सङ्ख्या बढिरहेको छ? हामीले यतिका वर्ष देखि कसका लागि सङ्घर्ष ग¥यौँ? हामीले गरेको राजनीतिले, युवाहरू आफ्नै मनसँग लडी रहँदा उनीहरूलाई सहारा दिन सक्दैन भने, युवाहरूलाई बाँच्ने आशा दिन सक्दैन त्यो राजनीतिको के अर्थ? खै हामीले समाजको आवश्यकता बुझेको? हामीले गर्ने राजनीति जनताको लागि हो। उहाँहरूको जीवन भौतिक विकास बाहेक अरू पनि थुप्रै विषयसँग जोडिएको छ भनेर बुझ्न अझै कति समय लाग्ने हो?
सामाजिक सञ्जालमा साथीको सङ्ख्या सँगै मानिसहरूको एक्लोपन बढेको छ। मान्छे स्क्रिनसँग बढी निकट हुन थालेको छ। मनका कुरा राख्ने ठाउँ भेट्न छोडेको छ। मानसिक रूपमा सङ्घर्ष गर्दै छु भन्दा लाज मान्नु पर्ने कस्तो समाजको निर्माण ग¥यौँ हामीले? कसैले हिम्मत गरेर मलाई परामर्श चाहिने छ भन्यो भने पनि शुल्कका कारण त्यो सुविधा लिन नसक्ने अवस्था छ।
अब पनि हामीले ठोस कदम नचाल्ने हो भने, हामीले भविष्यमा धेरै मानिका र सरोनहरूलाई गुमाउने छौँ। हामीले त्यो अवस्था कदापि आउन दिनु हुन्न। यसमा तपाईँ हामी सबैको भूमिका रहन्छ । अब मानसिक स्वास्थ्य सम्बन्धि चेतना, परामर्श र उपचार स्थानीय निकाय बाट हुने गरी सामान्य व्यक्तिको पहुँच पुग्ने संयन्त्र निर्माण गरौँ। हामी चाँडै नै काठमाडौँ महानगर वार्ड नं ३० मा सञ्चालन भइरहेको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र ( ग्चदबल ज्भबतिज एचयmयतष्यल ऋभलतचभ – प्बतजmबलमग घण् ) मा मानसिक स्वास्थ्यका लागि आवश्यक थप सेवाहरू बिस्तार गर्ने छौँ। तपाईंले यहाँबाट पनि निःशुल्क सेवा लिन सक्नु हुनेछ ।
हरेक व्यक्तिले आफ्नो भावनात्मक, मानसिक स्वास्थ्यलाई बुझ्ने, सहयोग चाहिएमा प्रोफेसनल सहयोग पाउने अवस्था सृजना गर्नु पर्छ। विद्यालयहरूमा सानै उमेरबाट बालबालिकाले यस्ता खाले जानकारी र सहयोग पाउन सके भने, कालान्तरमा उनीहरूका लागि सहज हुन्छ। हामीले यस सम्बन्धि पहल कानुनी रूपमा नै गर्नुपर्छ। हामीले आफ्ना नानीबाबु, भाइबहिनीहरूलाई नै बचाउन सक्दैनौ भने हामीले गरेको सङ्घर्षको, हाम्रो राजनीतिको के अर्थ ?