
काठमाडौ । काठमाडौं महानगरपालिकाले २०८०।०८१ का लागि कक्षा ११ अध्ययन गर्ने विद्यार्थीहरुलाई आफै परीक्षा लिएर छात्रवृत्तिको व्यवस्था गर्ने भएको छ । महानगरपालिकाले आज एक सूचना जारी गर्दै छात्रवृत्तिका लागि फारम भर्ने मिति तय गरेको छ । महानगरपालिकाको शिक्षा विभागले जारी गरेको सूचनामा काठमाडौं महानगरपालिका भित्रका संस्थागत विद्यालयका लागि छात्रवृत्तिमा अध्ययन गर्न चाहाने विद्यार्थीहरुका लागि अनलाईन आवेदन भर्नका लागि असार २८ गते बिहान १० बजेदेखि भनिएको छ ।
यस्तै आवेदन भर्ने अन्तिम मिति साउन १२ गते रहेको छ । यस्तै परीक्षामा सोधिने प्रश्नका विषयमा माध्यमिक तहको कक्षा १० को पाठ्यक्रमम आधाररितका साथै १०० वटा बहुवैकल्पिक वस्तुगत हुने बताइएको छ । यस्तै महानगरले परीक्षा तालिका र अन्य विवरण पछि प्रकाशित गर्ने उल्लेख गरेको छ ।

यसअघि महानगरले भर्ना अभियान १५ दिनसम्म राख्न पनि निर्देशन गडरेको थियो ।महानगरले सुचना जारी गरेर आफै परीक्षा लिने निर्णयपछि संस्थागत विद्यालयहरुले भने असन्तुष्टि जनाउँदै आएका छन् । यसअघि माध्यमिक परिक्षा बोर्डले छात्रवृत्तिका लागि परीक्षा लिने गरेको थियो । महानगरले संस्थागत विद्यालयहरुले शिक्षक कर्मचारीलाई सरकारी सुविधा अनुसार बनाउान दिएको निर्देशन भने प्याब्सन र एन ब्याब्सनले विरोध जनाउँदै आएका छन