
भैरवीदेवी मन्दिरको जिवित देवीका रुपमा रहेकी ,कुमारी, दिनिशा डंगोललाई विदुर नगरपालिकाले आर्थिक सहयोग प्रदान गर्दै मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा बोगटी, वडा नं २ का वडा अध्यक्ष दिपक कायस्थ
विदुर । नुवाकोट जिल्लाको प्रसिद्ध धार्मिक स्थलका रुपमा रहेको नुवाकोटको भैरवीदेवी मन्दिरको जिवित देवीका रुपमा रहेकी ,कुमारी, दिनिशा डंगोललाई विदुर नगरपालिकाले आर्थिक सहयोग प्रदान गरेको छ । शनिबार नगरपालिकाका मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा बोगटी, वडा नं २ का वडा अध्यक्ष दिपक कायस्थले संयुक्त रुपमा रकम हस्तान्तरण गर्नुभएको थियो । नगरपालिकाले १ लाख ३० हजार ६सय ८० रुपयाँको चेक हस्तान्तरण गरेको थियो ।

सो अवसरमा मेयर श्रेष्ले जिल्लाको मात्र नभई सिंगो मुलुकलाई चिनाउने धार्मिक देवीलाई सांस्कृतिको जर्गेना स्वरुप सहयोग गरेको बताउनुभयो । उहाले जिल्लाको धार्मिक र सांस्कृतिक क्षेत्रको संरक्षमा नगरपालिकाले कुनै कसर बाँकी नरख्ने भन्दै नुवाकोटको चिनारी नै यस्तै धार्मिक र सांस्कृति क्षेत्र रहेको उल्लेख गर्नुभयो । सो अवसरमा स्थानीय समाजसेवी,वुद्धिविवि , पत्रकार सर्वसाधारण र स्थानीय बासिन्दाहरुको सहभागिता रहेको थियो ।
नगरपालिकाले जिल्लाको जिवित देवीलाई वार्षिक रुपमा सहयोग गर्ने नितीगत निर्णय स्वरुप सहयोग प्रदान गरिएको बताइएको छ र नुवाकोट जिल्लामा जीवित देवी, धामी,लगायतका विभिन्न खाले कला र संस्कृतिले जिल्लाको पहिचानलाई स्थापित गर्नका लागि बल मिलेको छ
भिमसेन माध्यमिक विद्यालयमा पानी शुद्विकरण गर्ने उपकरण ( स्वचालित आरो) सहित विभिन्न शैक्षिक सामाग्री प्रदान
यसैबीच विदुर नगरपालिका वडा नं २ मा रहेको भिमसेन माध्यमिक विद्यालयको शैक्षिक उन्नति एंव विद्यार्थीलाई स्वच्छ पिउने पानीको सुनिश्चितको लागी विदुर नगरपालिकाको तर्फबाट पानी शुद्विकरण गर्ने उपकरण ( स्वचालित आरो) सहित विभिन्न शैक्षिक सामाग्रिहरु नगरप्रमुख श्री राजन श्रेष्ठ ज्यु ले विद्यालय लाई प्रदान गरेको छ साथै विधालयका अभिभावकहरु विच बिधालयको शैक्षिक गुणस्तर बढाउन सबै मिली के गर्न सकिन्छ भने र ब्यवस्थापन समिती ,शिक्षक तथा अभिभावक विच अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिएको थियो ।
