
स्वर्गीय दाहालको फइल तस्बिर
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्नीशोक परेको छ । दाहालकी जीवन संगिनी सिता दाहाललको केही समयअघि अर्थात ८ बजेर ३३ मिनेटमा निधन भएको बाल्ुवाटार स्रोतले जनाएको छ ।
सिता लाहाल लामो समयदेखि विभिन्न रोगबाट ग्रसित हुँदै आउनु भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपाली राजनीतिमा टिकाउनका लागि एउटा दरिलो खम्बा भएर उभिदै आउनु भएकी दाहाल आफ्ना छोरा प्रकाश दाहालको निधनपछि भने आफै बिरामी पर्नुभयो र दाहाललाई दिदै आएको त्यो भरोसा र टेको आफूलाई लिनुपर्ने अवस्थामा पुग्नुभयो ।

छोराको निधनबाट निकै प्रताडित हुनुभएका सितालाई उपचारका लागि नेपाल, भारत लगायतका अस्पतालहरुमा लगिएको थियो । तर उहाँ झण्डै तीन वर्षदेखि ओछ्याउनमा रहँदै आउनु भएको थियो ।
उहालाई छोरी गंगा दाहाल र रेणु दाहालले हेरविचार गर्दै आउनु भएको थियो । विभिन्न समयमा आफ्ना छोरी, ज्याई, छोरालाई गुमाउनुपर्दा एउटा बाबुको पीडा सहेर पनि दाहाल नेपाल र नेपाली जनताकालागि लागिरहनु उहामाथिको एउटा अदम्य साहसका रुपमा लिने गरिन्छ । दाहालले हस्तीमात्रै आफ्नो छोरीको निधन भएको घटना सम्झदै संसदमा समेत भावुक हुनु भएको थियो । पछिल्लो घटना क्रमले दाहाललमाथि थप चोट पुगेको छ ।
यो अवस्थामा स्वर्गीय सिता दाहालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दे शोकसन्पत्त प्रधानमन्त्री दाहाल तथा उहाको परिवारप्रति नुवाकोट पुकार गहिरो समवेदना प्रकट गर्दछ । यसैबीच दाहालको पार्थिव शरिरलाई १ बजेटा १ बजेसम्म पार्टी कार्यालय राखिने र २ बजे पशुपति आर्यघाटमा लगिने जनाइएको छ ।