
फाइल तस्बिर
काठमाडौ । नेपाल आयल निगमले पेटेलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजे पछि लागू हुनेगरि ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर ६, डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ र ग्यासमा प्रतिसिलिन्डर १० रुपैयाँ मूल्य घटाएको छ ग्यास प्रतिसिलिण्डर १७९० रुपयाँ पर्नेछ भने पेट्रोल प्रतिलिटर १६४ डिजेल १५१ रुपयाँ पर्नेछ ।

पछिल्लो समय अन्तराट्यि बजारमा इन्धनको मुल्य घटेसँगै निगमले स्वचालित मूल्य प्रणाली लागू गरेको हो । इन्धनको मूल्य घटेसँगै उपभोक्ताले राहत पाएका छन् । इन्धनको मूल्य घटेसँगै पछिल्लो समय निगमको आफामा पनि वृद्धि भएको छ । निगमले केही समयअघि मात्रै राट्यि बाणिज्य बैंकलाई तीन अरब ऋण तिरेको थियो । यस्तै नेपाल सरकारलाई भने अझै पौने ६ अरब तिर्न बाँकी रहेको निगम स्रोतले जनाएको छ ।