
एमाले केन्द्रीय कार्यालय ः फाइल तस्बिर
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीमा रहेका सङ्गठित सदस्यहरूको संख्या नघटेको दाबी गरेको छ । एमालेका संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले आज बिहीबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै समाचारमा आएजस्तो एमालेको सदस्य संख्या नघटेको दावी गरिएको छ । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ,नेकपा एमालेको सदस्य घटे भन्ने बजार हल्लामा कुनै सत्यता छैन”,“सच्चा पार्टी सदस्यको अभिलेख अद्यावधिक गर्नेक्रममा यसपटक नवीकरण मात्रै भएको छैन, उल्लेख्य संख्यामा नयाँ कमरेडहरू सदस्यताको प्रक्रियामा आएका पनि छन् ।
”उहाले प्रत्येक वडामा मतदाता संख्याको कम्तीमा तीन प्रतिशत सदस्य पु¥याउने र पार्टीको एघारौँ महाधिवेशनसम्ममा १० लाख गुणस्तरीय सदस्य पु¥याउने लक्ष्य रहेको उल्लेख गर्नुभएको छ । उहाले विज्ञप्ति मार्फत एमालेले दशौँ महाधिवेशनका बेला रहेको त्रुटिलाई पनि सच्याउने क्रममा अहिले वास्तविक पार्टी सदस्य संख्या रहेको स्पष्ट पार्नुभएको छ ।
दशौँ महाधिवेशनमा कायम भएका सदस्यमा एकातिर एकीकृत समाजवादीतर्फ गएका सबै सदस्यको नाम यथावत् कायम थियो भने अर्कोतिर नेकपाकालमा अनुचित ढङ्गले दिइएका सदस्यको ठूलो संख्या पनि त्यसमा पर्न गएको थियो । तसर्थ, त्यो एमालेको वास्तविक सदस्य संख्या थिएन”, उहाँले भन्नुभएको छ, “यो कुरा नवौँ महाधिवेशनको आँकडा हेर्दा पनि स्पष्ट हुन्छ । विसं २०७१ मा सम्पन्न भएको नवौँ महाधिवेशनमा दुई लाख ५६ हजार सात सय ७२ जना मात्रै पार्टी सदस्य थिए ।
”सङ्गठन विभाग प्रमुख अधिकारीले एमालेले यसअघि महाधिवेशनदेखि महाधिवेशनमा मात्रै सदस्यको सदस्यता नवीकरण हुने गरेको र जसले गर्दा निष्क्रिय सदस्यले पनि नवीकरण गर्ने अवसर पाउने गरेको उल्लेख गर्नुभएको छ ।एमालेको इतिहासमा यसपटक त्यसमा क्रमभङ्ग गरिएको छ, उहाँले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ ।