
काठमाडौं । विगत तीनदेखि जारी कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्नेमा जोड दिएका छन् । बैठकमा महामन्त्रीहरुले पेश गर्नुभएको प्रस्तावका विषयमा पनि छलफल भएको बताइएको छ
। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, वी.पी.स्मृति भवन, वी.पी. नगर, ललितपुरमा आज बसेको बैठकमा ३५ जनाले बोल्नु भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।
श्रावण २ देखि जारी बैठकमा आजको बैठकमा केन्द्रीय सदस्यहरु— सुरेन्द्रराज पाण्डे, कर्णबहादुर बुढा, रामजनम चौधरी, डा. गोपाल दहित, योगेन्द्र चौधरी, यज्ञराज जोशी, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ, महेन्द्रकुमार राय, सञ्जयकुमार गौतम, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मधु आचार्य, दिनेशकुमार यादव, चन्द्रबहादुर के.सी., उमेशजंग रायमाझी, अब्दुल सत्तार, उदयशम्शेर राणा, राजेन्द्रकुमार के.सी., उमेश श्रेष्ठ, राजीवबिक्रम शाह, डा. चन्द्रमोहन यादव, सरस्वती बजिमय, चम्पादेवी खड्का, प्रकाश रसाईली स्नेही, ई. मोहन आचार्य, मुक्ताकुमारी यादव, रंगमती शाही, मञ्जुकुमारी यादव, प्रतिमा गौतम, अजयवावु शिवाकोटी, गंगालक्ष्मी अवाल, उर्मिला नेपाल के.सी., आमन्त्रित केन्द्रीय सदस्य नारायणी रायमाझी र आमन्त्रित कोशी प्रदेशका सभापति उद्धव थापाले आ–आफ्ना धारणा राख्नु भएको विज्ञप्तिमा जनाइएको छ ।
बैठकमा धारणा राख्ने क्रम जारी छ, कार्यसमितिको बैठक भोली श्रावण ५ गते विहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने जनाइएको छ ।