
विद्यार्थीहरुलाई सम्मानसहित विदाई गरेपछि प्रमुख अतिथि गाउँपालिका अध्यक्ष धुव्र श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्र कुमार राई सहित विद्यालयका ाप्रधानाध्यापक हरि प्रसास सुवेदीसहित शिक्षक, कर्मचारी तथा विद्यार्थीहरु
चौघडा । नुवाकोट जिल्लाको लिखु गाउँपालिकास्थित चौघडामा रहेको पुरानो विद्यालय क्षेत्रपाल माध्यमिक विद्यालयबाट २०७९ को एसइई परीक्षामा सहभागि भएका विद्यार्थीहरुलार्ई सम्मान गरिएको छ । विद्यालय प्रांगणमा आयोजना गरिएको कार्यक्रममा गाउँपालिका अध्यक्ष धुर्व श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष श्रेष्ठले विद्यालयको तर्फबाट विद्यार्थीहरुलाई सम्मान गर्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्र कुमार राईको सभापतित्वमा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुभद्रा अधिकारी, प्रमुख प्रशासकिय अधिकृत मधुकर कुमार शाह, खेलकुद तथा शिक्षा शाखा प्रमुख साधुराम फूयाँल, विद्यालय व्यवस्थापन समितिका सदस्य सरस्वती मल्ल श्रेष्ठ लगायतकाको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले विद्यार्थीलाई खादा, अविर र मायाको चिनोका साथ सम्मान गर्नुभएको थियो ।

प्रमुख अतिथि अध्यक्ष श्रेष्ठले विद्यार्थीहरुलाई उच्च शिक्षाको सफलताको शुभकामना दिँदै सोच विचार गरेर अघि बढ्न र आफ्नो इच्छा र क्षमता अनुसारको विषय लिएर पढ्न पनि सुझाव दिनुभएको थियो । विद्यालयका प्रधानाध्यापक हरि प्रसाद सुवेदीले विद्यार्थीहरुलाई बधाई दिर्दै उच्च शिक्षाको सफलताको कामना गर्नुभएको थियो । यस वर्ष ४२ जना विद्यार्थी सहभागि रहेको र विगतमा भन्दा यस वर्ष विद्यार्थीहरुले उत्कृष्ट नतिजा ल्याउन सफल भएको विद्यालयका लेखापाल अर्जुन पौडेलले नुवाकोट पुकार डटकमलाई जानकारी दिनुभयो ।
नमुना विद्यालयको रुपमा रहेको क्षेत्रपाल माध्यमिक विद्यालय जिल्लाकै उत्कृष्ट विद्यालय अन्र्तरगत पर्दछ । झण्डै सातसय विद्यार्थी अध्ययन गर्ने विद्यालयमा खेलकुद मैदानदेखि, लाइबेरी, कम्प्युटर कक्षाकासाथ अन्य अरिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट रहँदै आएको छ । यसैबीच विद्यालयका शिक्षक रामकुमार ढकालले गणित विषयमा फो जिपिए ल्याउने दुई जना विद्यार्थीहरुलाई पाँच हजार नगद प्रोत्साहन स्वरुप प्रदान गर्नुभएको विद्यालयका प्रधानाध्यापक सुवेदीले जानकारी दिनुभयो । उक्त विद्यालयमा क्षेत्रपाल क्याम्पस समेत सञ्चालन हुँदै आएको छ ।
