
महासंघले आयोजना गरेको अन्र्तक्रियापछि सामूहित तस्बिर खिचाउँदै ः तस्बिर ः सन्तोष उप्रेती
विदुर । नुवाकोट उद्योग बाणिज्य संघले जिल्लाका बैंक तथा वित्तिय क्षेत्रसँग अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको छ । नुवाकोट उद्योग बाणिज्य संघद्वारा आयोजित कार्यक्रममा उद्योगी व्यवसायीलाई बैंक तथा वित्तिय संस्थाले प्रवाह प्रवाह गर्ने ऋण तथा ब्याजका विषयमा छलफल भएको नुवाकोट उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले नुवाकोट पुकारलाई जानकारी दिनुभयो ।
बिदुर नगरपालिकाका मेयर तथा नुवाकोट उद्योग संघका पुर्ब अध्यक्ष राजन श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तारा बहादुर कार्की ,प्रदेश सदस्य गिता अमात्य ,पुर्ब अध्यक्ष शरणउत्शुक सापकोटाले उद्योगी व्यवसायीका समस्याका विषयमा आ आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि मेयर श्रेष्ठले बैंक र वित्तिय संस्थाहरुको सहकार्यबाट नै उद्योग व्यवसायलाई सहज रुपमा अघि बढाउन सकिने भन्दै एक आपसमा हातेमालो गरेर अघि बढ्नुपर्नेमा सुझाव दिनुभएको थियो ।

कार्यक्रममा आफ्नो धारणा राख्दै विदुर नगरपालिका मेयर तथा महासंघका पूर्व केन्द्रीय सदस्य राजन श्रेष्ठ
कार्यक्रममा उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य ताराबहादुृर कार्कीले बैंक तथा वित्तिय संस्थाले व्यसायिलाई ऋण प्रवाह गर्दा मध्यस्तताको रुपमा सहज गराउन सुझाव दिनुभएको थियो । उहाले बैंक र वित्तिय संस्थाबीच आपसी सहकार्य भएमात्रै त्यसले दुवैलाई फाइदा हुने र त्यसबाट लाभ लिन सकिने समेत सुझाव दिनुभएको थियो । महासंघका अध्यक्ष राजेन्द्र श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला भित्रका सम्पुर्ण बैंक तथा बित्तीय सस्थाका प्रमुख ,जिल्लामा रहेका उधोगी तथा व्यावसायिहरुको सहभागिता रहेको थियो । नुवाकोट जिल्लामा बाणिज्य तहका देखि विकास बैंक र वित्तिय संस्था गरि झण्डै सय वटा रहेका छन् । कार्यक्रममा व्यसायीहरुले ग्रामिण क्षेत्रमा पनि बैंक तथा वित्तिय संस्थाको शाखा कार्यालय सञ्चालन हुनुपर्ने सुझाव पनि दिएका थिए ।

नुवाकोट उद्योग बाणिज्य संघ नुवाकोटका अध्यक्ष राजेन्द्र श्रेष्ठ आफ्नो धारणा राख्दै