
केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्दै उपसभापति पुर्णबहादुर खड्का ः तस्बिर ः कोंग्रेस केन्द्रीय कार्यालय
काठमाडौं । नेपाली कांग्रेस उपसभापति पुर्ण बहादुर खड्काले नेपाली कांग्रेसको कार्यदिशा र भावी योजनाका विषयमा पार्टीको धारणा स्पष्ट राख्नुभएको छ । केन्द्रीय समितिको सोमबारको बैठकमा झण्डै डेडघण्टा लामो आफ्नो मन्तव्यमा पार्टी सभापति शेरबहादुर देउवाको प्रतिनिधित्व गर्दै उहाले पार्टी सभपाति र नेतृत्व बलियो भएमात्रै कांग्रेस बलियो हुने बताउनु भएको थियो ।
उहाले महामन्त्री गगन थापाले नेपाली कांग्रेसले माओवादीको एजेण्डालाई टिकाउनका लागि कांग्रेस सरकारमा सहभागि भैरहन आवश्यक नभएको भनार्ई राखेपछि उहाले कांग्रेसले आफ्नै एजेण्डा लिएर सरकारमा गएको प्रष्ट पार्नुभएको थियो । उहाले कांग्रेस केन्द्रीय समितिको बैठक बस्न केही ढिला भएको विषयमा पनि सभापतिको तर्फबाट स्पष्ट पार्नुभएको थियो ।
उपसभापति खड्काले भन्नुभयो, जुन गठबन्धन गरेर हामी निर्वाचनमा होमियौं त्यहि गठबन्धन भत्केपछि कांग्रेसमा एक प्रकारको निरासा उत्पन्न भयो, त्यसलाई सहजता बनाउनका लागि हामी लाग्नु पर्यो , त्यसपछि राष्ट्पतिको निर्वाचनसम्म बैठक नगरौं भनेर सहमति भयो, राष्ट्पतिको निर्वाचन पछि उपनिर्वाचन भयो र त्यसपछिका दिनमा अन्य विषयमा गम्भीर छलफल गर्नुपर्ने भएकाले बैठक ढिला भएका हो । यो कुरा पल्यिै भन्नु पथ्र्यो, मैले अहिले प्रष्ट पारे ।
महामन्त्रीले सभापतिले आफूहरुलाई नबोलाएको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका बेला उहाले भने महामन्त्री सभापतिको कार्यकारीसल्लाहकार भएकाले आफै गएर पनि सल्लाह, सुझाव र आफन कुरा राख्नुपर्ने सुझाव पनि दिनुभयो । उपसभापति खड्काले सभापति देउवाले अब आफू सभापति नहुने बताइरहनु भएको स्मरण गराउँदै अब हामी नेताहरुले कांग्रेसलाई बलियो बनाएर नेतृत्व लिनुपर्नेमा पनि जोड दिनुभएको थियो । उहाले सभापति देउवाको सुझबुझपूर्ण कार्यशैलीका कारण सडकमा पुगेको कांग्रेस फेरि प्रदेशसहित सत्तामा पुगेको पनि स्मरण गराउनुभयो ।
उहाले वतृमान गठबन्धन पाँच वर्ष टिकाउनुपर्ने भन्दै यसका लागि कांग्रेसले आफ्ना एजेण्डा र विचारलाई सकैसँग सम्झौता नगर्ने नि प्रष्ट पार्नुभयो । उहाले सरकारमा रहेका मन्त्रीहरुले देश र जनताको हित बाहेक अरु कुनै पनि कुरा नसोच्ने र आफुहरुबाट गल्ती भएमा फोन गरेर पनि सचेत गराउन आग्रह गर्नुभएको थियो । उहाले राष्ट्पतिको उपचारका विषयमा पनि प्रधानमन्त्री र पाटीृका नेताहरुसँग छलफल गरेर उपचारका लागि भारत पाएका भन्दै राष्ट्पतिका विषयमा आएको हल्लाहरुका बारेमा स्पष्ट पार्नुभएको थियो । यसअघि उपसभापति धनराज गुरुड.,महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले पनि केन्द्रीय सदस्यहरुले उठाएका विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।