
विपत व्यवस्थापन समितिको बैठकमा सहभागि सघीय सांदद तथा पूमुख जिल्ला अधिकारीसहतिका सहभागिहरु
विदुर । नुवाकोट जिल्लाको विपद व्इवस्थापन समितिले विभिन्न १७ वटा निर्णय गरेको छ । सोमबार नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी किरण थापाको अध्यक्षतामा प्रतिनिधि सभा सदस्य हित बहादुर तमाङ, मन्त्री आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामा, प्रदेश सभा सदस्य राधिका तामाङ, प्रदेश सभा सदस्य रमेश कुमार महत, प्रदेश सभा सदस्य राम प्रसाद ढुंगाना, जिल्ला समन्वय समिति नुवाकोट प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरी,उप–प्रमुख दल बहादुर तामाङको विशेष उपस्थिति जिल्ला विपद व्यवस्थापन समिति(म्म्ःऋ)को बैठक विभिन्न निर्णयहरु गरेको छ ।
बैठकले जिल्लामा भएका विपदजन्य घटना, उक्त घटनाहरुमा भएका खोज तथा उद्धार तथा विपद व्यवस्थापन समितिको पछिल्लो बैठकको निर्णयको कार्यान्वयन सम्बन्धमा समीक्षा गरिएको छ । यस्तै विपद व्यवस्थापनको क्षेत्रमा हालसम्म भएका कार्यहरू सन्तोषजनक रहेको बैठकले निश्कर्ष किालेको छ । यस्तै जिल्ला विपद व्यवस्थापन समितिको मिति वैशाख १४ गते बैठकबाट सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित उप समितिबाट अध्यावधिकगरी पेश भएको जिल्लास्तरीय विपद पूर्वतयारी तथा प्रतिकार्य योजना लाई पारित गरी कार्यान्वयन निर्णय पनि गरेको छ । बैठकले असार २७ गतेका दिन बेलुका लिखु गा.पा. वडा नं. ५ स्थित लिखु खोला पारी खेतमा कामगरी फर्कने क्रममा एक्कासी लिखु खोला बढेर आए पश्चात दुई तर्फ बाट लिखु खोला बगेको र बिचमा टापु अलपत्र परेको ४ जना व्यक्तिहरुलाई नेपाल प्रहरी, शसस्त्र प्रहरी बल नेपाल र स्थानीयको सहयोगमा २१ः३० बजेको समयमा सकुशल उद्धार गरिएकोले उक्त कार्यमा खटिने सबैमा धन्यवाद ज्ञापन गरेबमे छ
। बैठकले स्थानीय तहहरुले बाढी पहिरोका कारण सडक, पुल, बस्ती, विद्यालय आदि जस्ता संरचानको क्षति न्यूनीकरण तथा रोकथामको लागि बजेट उपलब्ध हुन भनी जिल्ला विपद व्यवस्थापन समिति समक्ष सिफारिस गर्दा सम्बन्धित स्थानीय तहले रोकथामका लागि गरेका प्रयास तथा कार्यको विवरण सहित केन्द्र वा प्रदेशमा नै सिफारिस गर्नु पर्ने औचित्य आदि खुलाई स्थानीय विपद व्यवस्थापनको सहितको निर्णय, बजेट लागत अनुमान आदि सहित संलग्न गरी सिफारिस निर्णय पनि गरेको छ । जिल्लामा घटन सक्ने विपदजन्य घटनाहरुमा तत्काल उद्दारको लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको २५ जनाको टोली तयारी अवस्थामा राख्ने,प्रत्येक स्थानीय तहले स्थानीय सुरक्षा निकायहरुसँग समन्वय गरी वर्षातको समयमा हुन सक्ने विपद जन्य घटनाबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि तत्काल उद्धार र राहतका लागि दक्ष स्वंयसेवक सहितको तयारी अवस्थामा रहने निर्णय पनि गरेको छ ।
यस्तै मानवीय सहयोगको क्षेत्रमा कार्यरत तथा जिल्लाका विभिन्न विषयगत क्षेत्रमा आबद्ध संघ÷संस्थाहरुले मनसुनी वर्षाको समयमा आवश्यक पर्न सक्ने मानवीय सहयोग सम्बन्धी सामग्रीहरू स्थानीय तहसँग समन्वय गरी तयारी अवस्थामा राख्ने तथा स्थानीय तहहरूमा आवश्यकता भएको बखत स्थानीय तह तथा जिल्ला विपद व्यवस्थापन समितिसँग समन्वय गरी उपलब्ध गराउने÷ वितरणको व्यवस्था मिलाउने,बर्षातको समय भएको हुँदा विद्युत, खानेपानी, टेलिफोन, इन्टरनेट, सडक मार्ग आदिमा अवरोध हुन सक्ने र यस बाट सार्वजनिक सेवा प्रवाह तथा जनजीवन प्रभावित हुने हुँदा विषयगत कार्यालयहरुले तत्काल सुचारु गर्न सक्ने गरी आवश्यक तयारी अवस्थामा रहने,विपद पश्चात क्षतिको मूल्यांकन तथा विवरण संकलन गर्दा स्थानीय प्रहरी, रेडक्रस प्रतिनिधि र स्थानीय जनप्रतिनिधि÷ कर्मचारी समेतको रोहबरमा गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले जिल्ला विपद व्यवस्थापन कोषबाट जिल्लाका विभिन्न स्थानमा भएका विपदजन्य घटनाका पिडितहरूलाई जेठ १४ गतेदेखि साउन सात सम्मको राहत स्वरूप उपलव्ध गराइएको जम्मा रकम दुईलाख तिस हजार मात्र अनुमोदन गर्ने,वर्षाको समयमा गल्छी त्रिशुली मैलुङ स्याफ्रुबेसी रसुवागढी सडक खण्ड अन्तर्गत तिरतिरेको भिर, जिलिङ्ग, बुधसिंहघाटस्थित लामासोती लगाएतका स्थानमा पहिरो गई सडक अवरुद्ध हुन सक्ने हुँदा तत्काल सुचारु गर्न सक्ने गरी गल्छी त्रिशुली मैलुङ स्याफ्रुबेसी रसुवागढी सडक आयोजनाले आवश्यक व्यवस्थापन मिलाउन,विपदको समयमा झाडापखला, डेङ्गु, टाइफाट लागायतका रोगहरुको माहामारी फैलन सक्ने हुँदा यसको नियन्त्रणको लागि सम्बन्धित पालिकासँग समन्वय गरी आवश्यक औषधि, स्वास्थ्य सामग्री र स्वास्थ्य कर्मीहरुको पूर्णरुपमा व्यवस्था जिल्ला स्वास्थ्य कार्यालय गन निर्णय गरिएको छ ।
विपद(बाढी, पहिरो)बाट बच्न अपनाउनु पर्ने सुरक्षा, जनचेतना फैलाउने काम स्वास्थ्य कार्यालय र नेपाल रेडक्रस सोसाईटी नुवाकोट शाखा मार्फत गर्ने,स्थानीय तहहरुमा विपद सम्बन्धि घटना तत्काल सुरक्षा निकायहरुलाई जानकारी गराउने,वर्षाको समयमा जिल्ला भित्रका विभिन्न सडक खण्डहरु बाढी पहिरोका कारण अवरुद्ध हुन सक्ने हुँदा बाटो तत्काल सुचारु गर्न सक्ने गरी सबै सडक आयोजना, स्थानीय तह र निर्माण व्यवसायीले आवश्यक यन्त्र उपकण तयारी अवस्थामा राख्ने ।जिल्लामा हुने भवितव्य घटनाबाट पिडित पक्षलाई तत्काल राहत उपलब्ध गराउन संघ, प्रदेश र स्थानीय तहको योगदान रहने गरी आकस्मिक राहत कोष खडा गर्ने र उक्त कोष संचालनका लागि जिल्ला समन्वय अधिकारीको संयोजकत्वमा प्रत्येक पालिकाका प्रतिनिधि सदस्य रहने गरी सरोकारवाला समेतको सुझाव समावेश गरी आकस्मिक कोष संचालन कार्यविधि मस्यौदा समिति गठन गर्ने र उक्त समितिले अर्को जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा मस्यौदा पेश गर्ने निर्णय पनि गरिएको छ ।
बैठकले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् विक्रि तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ बमोजिम असारदेखि भाद्रसम्म नदीजन्य सामग्रीको उत्खनन् रोक लगाईएकोले उक्त नियमको पालनाको सम्बन्धित स्थानीय तह र आकस्मिक रुपमा जिल्ला सुरक्षा समिति र नदिजन्य तथा खानीजन्य पदार्थ अनुगमन समिति लगायतका निकायहरुले अनुगमन तथा नियमन गर्ने निर्णय पनि गरिएको छ ।