
फाइल तस्बिर
जिल्ला प्रशासन कार्यालयले सामाजिक सञ्जालमा अाएकाे कुरा गलत भएको बताएको छ ।
अाज सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले एक प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय राहदानी र राष्ट्रिय परिचयपत्र लिनेहरुकाे भिड बढिरहेकाले त्यसकाे व्यवस्थापन गर्नका लागि सुरक्षा निकायबाट समेत शिभिलमा काम गराइएको समेत प्रस्ट पार्नु भएको छ ।
उहाले विज्ञप्तिमा केही व्यक्तिहरुले छिटाे सेवा लिने बहाना भनेकाे समयामा सेवा नपाएको भन्दै गरेकाे प्रचार गलत रहेकाे उल्लेख गर्नु भएको छ । अधिकारीले सर्वसाधारणलाइ समयमा नै सेवा प्रवाहका लागि रातकाे अाठ बजेसम्म काम गरिरहेकाे भन्दै सबै कानुनी प्रकिया पूरा गरेर अाउन र धैर्यता कायम गर्न पनि अपिल गर्नु भएको छ ।
पछिल्लो समय जिल्लामा राहदानी बनाउनेकाे भिड लागेकाे छ । राहदानीका लागि अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र चाहिने हुनाले सर्वसाधारणको भिड लाग्ने गरेकाे छ । सर्वसाधारणको भिड बढेपछि प्रशासनले टाेकन अनुसारकाे मिति दिने गरेकाे छ ।
