
बुधबारको केन्द्रीय समितिको बैठकका सहभागि केन्द्रीय सदस्यहरु
बैठकमा मुख्य निर्णयहरु
साउन २० गतेदेखि ३० गतेसम्म आन्तरिक संगठन सुदृढिकरण
भदौ १० देखि २४ गतेसम्म समुदायमा कांग्रेस अभियान सञ्चालन
मंसिर ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा नीति महाधिवेशन गर्ने,
कांग्रैसले गरेका कामहरुलाई समाजिक सञ्जालमार्फत पार्टीको राम्रा कुरा प्रचार गर्न अपिल
पार्टीका नोत कार्यकर्ताले एक अर्कालाई आरोप प्रत्यारोप र गाली गलोज गर्न नपाईले
जनप्रतिनिधिहरुको कामको अनुगमन गर्न महामन्त्रीको संयोजकत्वमा कमिटि गठन
कांग्रेस नेता कार्यकर्तालाई मानवीय सेवामा लाग्न निर्देशन
भ्रष्टाचार निणन्त्रणमा सरकालाई साथ र सहयोग गर्न कांग्रेस दृढ
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकको अन्तिम दिन केन्द्रीय सदस्यहरुबाट प्राप्त सुझावलाई परिमार्जन गरेर साझा धारणाका रुपमा निर्णय सार्वजनिक गरिएको छ । बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले बैठकमा प्राप्त सुझावहरु पार्टी सम्पत्ति भएको बताउनु भएको छ ।
संधिान जारी भएको केही समयमा नै प्रहार हुन थालेको र परिणाम स्वरुप संविधान विघटन भएको भन्दै पाँच दलीय गठबन्धन बनेको स्मरण गराउँदै संघीयतालाई संस्थागत रुपमा बलियो बनाउन कांग्रेस प्रतिवद्ध रहेको बैठकको निश्कर्ष रहेको उल्लेख गरिएको छ । बैठकले गठबन्धनलाई फर्काउनु कांग्रेसका लागि महत्वपूर्ण उपलब्धि भएको र यसले कांग्रेसका आम नेता कार्यकर्तालाई पनि उत्साहित बनाएको पनि उल्लेख गरिएको छ ।

बैठकले तीनै तहका जनप्रतिनिधि र सरकारलाई जनताको हितमा काम गर्नका लागि बैठकले दृढता व्यक्त गरेको छ । यस्तै बैठकले भ्रष्टाचार नियन्त्रणका विषयमा पनि कांग्रेसले स्पष्ट धारणा राखेको छ । भ्रष्टाचार गर्नेलाई कारबाही गर्ने र यो सरकारले चालेका कदमका विषयमा सरकारलाई समर्थन गर्ने पनि बैठकले निर्णय गरेको छ । यस्तै सुशासनका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।
सरकारले प्रदान गर्ने दैनिक जीवनका सेवाहरुका लागि प्रक्रिया टुंगिदा पनि सर्वसाधारणले लामो समय कुर्नुपर्ने भन्दै सरकारलाई छिटो छरितो रुपमा यसको व्यवस्थापन गर्नका लागि पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । बैठकले अर्थतन्त्रमा देखिएको सुधारलाई अझ वृहत बनाउँदै सर्वसाधारणलाई बैंकको पहुचमा पुर्याउनका लागि नेपाल सरकारको ध्यानाकर्ण गराइएको छ । यस्तै मुल्यवृद्धि र कालाबजारीको नियन्त्रण गर्न र साना तथा फुटपाथका व्यवसायीको माग सम्बोधन गर्न पनि माग गरिएको छ ।
यस्तै त्रिभुवन मिानस्थलबाट भएको सुन तस्करीको सत्यतथ्य सार्वजनिक गर्न माग गरिएको छ । बैठकले कृषकका मागका विषयमा, लम्कीस्क्रीनका विषयमा पनि सम्बोधन गर्नका लागि सरकारको ध्यानाकर्षण गरिएको छ । न्युन वर्षातका कारण खाद्यान्य संकट उत्पन्न हुन नदिन सरकारलाई खाद्यान्यको व्यवस्थापन गर्नका लागि सरकारको ध्यानाकर्षण गराएको छ । यस्तै लघुवित्त र सहकारीहरु आलोचनाको केन्द्र भएको भन्दै सामूहिक जवानीमा ऋण तिर्न नसकेका पीडितहरुलाई न्याय दिलाउन पनि सरकारको ध्यानाकयर्षण गराइएको छ । यस्तै नागरिकताका विषयमा आमाको नाममा नागरिकता कानुन संसदमा दुवै तहबाट पारित गराएको भन्दै सम्मानित राष्ट्पतिबाट प्रमाणिकरण पारित भएको भन्दै वास्तविक नागरिकलाई सहज रुपमा नागरिकता प्रदान गर्नका लागि सरकारको ध्यनाकर्षण गराएको छ । यस्तै राज्य पुर्नसंरचना गरि मुलुक संघीयतामा गएको भएपनि संघीय प्रहरी ऐन, शिक्षा ऐनका विषयमा छलफल गरेर यथासक्य छिटो संसदमा पेश गर्नका लागि सरकारको ध्यानार्कण गरिएको छ ।
यस्तै भुमिसुधार आयोगलाई प्रभावकारी रुपमा कार्यान्वयनका लागि पनि सरकारको ध्यानाकर्षण गराइएको छ । मधेश प्रदेशलाई सुक्का क्षेत्रको घोषणा गरि मधेस प्रदेशका किसानलाई राहत दिन पनि सरकारसँग माग गरिएको छ । बैठकको चौथो निर्णयमा जातीय विभेद अन्त्यका लागि हाल मुलुकमा दिनानुदिन घटिरहेका कहाली लाग्दा घटनाप्रति नेपाली कांग्रेस गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई कानुन कार्यान्वय गर्दै पीडकलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ । यस्तै बैठकमा आएका सांगठनिक योजानलाई परिमार्जन गरि पारित गर्ने निर्णय गरिएको छ ।
यसको विषयमा भने सार्वजनिक रुपमा खुलाइएको छैन । बैठकले यसअघि पार्टीको कार्यसम्पादन समितिका निर्णयलाई पारित गरिएको छ । यस्तै नेपाली कांग्रेसको विधानको धारा १७ को उपधारा ५ बमोजिम नीति अधिवेशनका लागि केन्द्रीय समितिले काम गर्न सक्ने प्रावधान रहेको भन्दै २०८० मंसिर ११ गतेदेखि १३ गतेसम्म नेपाली कांग्रेसको महासमिति बैठक कामाडौंमा गन निर्णय गरिएको छ । यस्तै बैठकमा आएका प्रस्तावलाई पनि परिमार्जन गरी पारित गर्ने, कांग्रेसको २० देखि ३० आन्तरिक अभियान र भदौ १० देखि २४ देखि समदुयादयमा कांग्रेस अभियान सञ्चालन गर्ने, यस्तै कांग्रेसले कारबाही गरिएका उम्मेदवारहरुको पुन पार्टीको अनुशासनभित्र रहने भन्दै निवेदन दिएकाले कारबाही पनि फिर्ता गर्ने निर्णय गरिएको छ । संसदीय दलका आन्तरिक कार्यसमिति र विषयगत समितिलाई पनि संसदीय दललाई निर्देशन गर्ने निर्णय पनि गरिएको छ । नेपाली कांग्रेसले मानवीय सेवामा काम गर्न गाउँ सेवा दल गठन गर्ने निर्णय गरिएको छ ।
यस्तै जातीय विभेद , घरेलु हिंसा वा अन्य कुनै पनि माग राखेर आन्दोलन गर्नेको सदस्यता खारेज गर्ने निर्णय गरिएको छ । बैठकमा सभापति शेरबहादुर देउवाले बैठकमा राम्रा विचारहरु आएको र कांग्रेसमा एक सय एक नोतहरु छन् भन्ने सन्देश आम मुलुकलाई दिन सफल भएको बताउनुभयो । उहाले पार्टीका एकसय एक नेताहरुका नोतहरुलाई सम्मान गर्ने पनि बताउनुभयो । उहाले पार्टीलाई एकतावद्ध बनाएर लैजाने पनि बताउनुभयो ।

यस्तै पार्टीले निर्वाचनमा पार्टीले घोषणा गरेका कार्यक्रम लागू गर्न महामन्त्रीको नेतृत्वमा समिति गठन गर्ने निर्णय पनि गरिएको छ । नेपाली कांग्रेस अबलम्बन गरेको पथमा अन्य दलहरु समेत रहेको भन्दै समाजमा नकारात्मक र निरासा चिर्दै आशा र विश्वासको वातावरण बनाउने अवस्थामा सामाजिक सञ्जालमार्फत पार्टीले गरेका काम समाजिक सञ्जालमा राख्न पनि अपिल गरिएको छ । यस्तै दलित स संघको केन्द्रीयतदर्थ समितिलाई अधिवेशन गर्न दिएको जिम्मेवारीभित्र सम्पन्न नभएकाले भदौ समान्तसम्म तदर्थ समिति सभापतिले गठन गर्ने उल्लेख गरिएको छ ।
बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले सार्वजनिक गर्नुभएको निर्णयमा केन्द्रीय सदस्यहरुले परिमार्जनका लागि समेत आ आफ्नो धारणा राखेका थिए । बैठक लाइभ भैरहेका बेला केन्द्रीय पदाधिकारीहरुबाट भएको निर्णयलाई परिमार्जन गर्नका लागि केन्द्रीय सदस्यहरुले आ आफ्नो धारणा ारखेका थिए । यस्तै नेपाली केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने पार्टीबाट कारबाही गरिएका सबैलाई आम माफी दिन पनि माग गर्नुभएको थियो । बैठकमा केन्द्रीय सदस्य मधु आचार्यले भने माओवादी जनयुमा मारिएकाहरुलाई शहिद घोषणा गर्न माग गर्नुभएको थियो ।
यस्तै बैठकले पार्टीका नेता डा. राजाारम कार्की क्यान्सर रोगले ्रस्त भएकोमा उहाको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो । कांग्रेसका तिर्थराम डंगोल, हरि न्यौपाने लगायतका स्वास्थ्य लाभको कमना गर्दै निधन भएका भएका नेताहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौन धारणा समेत गरिएको थियो ।