
आज सोमबार बिहान केन्द्रले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले १९ जना अपाङ्गता भएकाहरुलाई ह्वीलचियर र १४ जना आँखाको समस्या भएकाहरुलाई सेतो छडि वितरण गर्दै
विदुर । राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्र नेपाल नुवाकोटले अपाङ्ग भएका व्यक्तिहरुलाई सेतो छडि र ह्रवीलचियर वितरण गरेको छ । आज सोमबार बिहान केन्द्रले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले १९ जना अपाङ्गता भएकाहरुलाई ह्वीलचियर र १४ जना आँखाको समस्या भएकाहरुलाई सेतो छडि वितरण गर्नुभएको थियो ।

केन्द्रले दिएको जानकारी अनुसार बद्री ढुंगाना, छविलाल ढकाल,सुभद्रा अधिकारी, जितकुमारी लिम्बु,लोकनाथ फुँयाल,संगम श्रेष्ठ,रामचन्द्र पुडासैनी,तारा दाहाल,जानुका गजुरेल,मिु सुनार,कान्छी सुनार विनोद कुमाल र वर्णबहादुर कुमारलाई सेतो छडि वितरण गरिएको छ भने श्याम रार्ई , गोकुलप्रसाद ढुंगाना,गोकुल पुडासैनी,बानु बाँस्कोटा,अम्बीका गजुरेल,शान्ता गजुरेल,भवानी भट्ट,गणेश विक,भगवती शाही,गजवीर कुमाल,चम्पा कुमाल,कृष्णप्रसाद शर्मा,नानीपाध्य तामाड.यमकुमारी बाँस्कोटा,तेलकुमारी नेपाल र स्वस्ती कुमाललाई ह््रवीलचियर वितरण गरिएको सो संस्थाका प्रतिनिधि भरत दाहालले जानकारी दिए ।
उक्त अवसरमा चिकित्सहरुबाट निशुल्क रुपमा स्वास्थ्य शिविर तथा औषधी समेत वितरण गरिएको केन्द्रले जनाएको छ । कार्यक्रममा नेपाली कांग्रेसका नोत मानबहादुर डंगोल उत्तम ढकाल लायतकाहरुको सहभागिता रहेको थियो ।