
फाइल तस्बिर
काठमाडौं, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको विकासमा कर्मचारी वर्गको महत्वपूर्ण भूमिका रहने बताउनु भएको छ । आज शुक्रबार राजधानीमा आयोजित नेपाल निजामती कर्मचारी युनियन राष्ट्रिय भेला तथा विधान अधिवेशनलाई सम्बोधन गर्नुहुँदै सभापति देउवाले कर्मचारी भनेको स्थायी सरकार भएकाले कर्मचारीहरुसहित सबै मिलेर अब देशलाई समृद्धि र विकासतर्फ अघि बढाउनुपर्ने बताउनुभयो ।
उहाँले राजनीतिक दलका नेताहरु सत्तामा आउने जाने क्रम चलिररहन्छ तर कर्मचारी स्थायी सरकार भएकाले देश विकासमा कर्मचारीको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो । कार्यक्रमलार्य सम्बोधन गर्दै सभापति देउवाले भन्नुभयो,‘‘कर्मचारी भनेको स्थायी सरकार हो ।
हामी भनेको राजनीतिक भनेको आउने जाने हो, निर्वाचित सरकार र स्थायी सरकार हुन्छ, त्यसैले वास्तवमा कर्मचारी भनेको स्थायी सरकार हो । त्यो स्थायी सरकार सशक्त हुनुपर्छ । अहिले प्रजातन्त्रवादी छन् । पार्टीको नाम जे राखे पनि सबैले संविधानलाई पालना गर्नुभएको छ ।उहाले कोभिडबाट बल्ल बल्ल मुक्ति पाएको अवस्थामा फेरि डेंगु आइरहेको भन्दै डेंगु सङ्क्रमणलाई ध्यानमा राखेर सरकारले रोकथामका उपाय अवलम्बन गर्नुपर्ने बताउनुभयो ।