विदुर ।नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री अर्जुननरसिंह केसीले सरकारले रानीपाैवा- पिपलटार सडकका लागि सरकारले वैकल्पिक व्यवस्थामार्फत बजेटकाे व्यवस्था नगरे अाफू संसदमा २४ घण्टा अनशनमा बस्ने चेतावनी दिनुभएको छ ।
अाज नुवाकोटको सदरमुकाम विदुरमा जिल्ला समन्वय समितिले अायाेजना गरेकाे अार्थिक वर्ष २०७९/०८० काे समिक्षा बैठकलाई सम्बाेधन गर्दै उहाले साे कुरा बताउनु भएको हाे ।कार्यक्रममा वर्तमान अर्थमन्त्री प्रति असन्तुष्टि व्यक्त गर्दै उहाले नाम त लिनुभएन तर सांकेतिक रुपमा भने निकै अाक्राेस पाेख्नु भएको थियाे ।नेेता केसीले अाफू छिट्टै ठूलो डेलिकेशन लिएर प्रधानमन्त्रीकाे जाने तयारीमा रहेकाे समेत प्रष्ट पार्नुभयाे ।उहाले अाफू मन्त्री भएका बेला तीनवटै क्षेत्रमा शिक्षा स्वास्थ्यमा काम गरेकाे स्मरण गराउदै अहिलेका मन्त्रीले जिल्ला ,क्षेत्र छाडेर वडामा मात्रै कराेडाै बजेट हालेकाे अाराेप लगाउनु भयाे ।
उहाले केही मन्त्री र नेताका झुण्डले यसमा खुुशी मनाएको भए पनि नुवाकोटका जनताले भने हेरिरहेकाे समेत बताउनु भयाे ।कार्यक्रममा जनप्रतिनिधि प्रतिपनि अाक्राेशित नेता केसीले जिल्ला समन्वय समितिकाे समिक्षा बैठकमा जनप्रतिनिधि नै उपस्थित नहुनु दु : खद भएको बताउनु भयाे ।उहाले भन्नुभयो ,वार्षिक समीक्षा भनिएकाे छ,तर जनप्रतिनिधिकाे संख्या अत्यन्त कम देेख्छु, यसरी कसरी समिक्षा गरिन्छ । उहाले कर्मचारी वर्गप्रति लक्षित गर्दै कर्मचारी र प्रशासनले पनि जिम्मेवार ढंगले काम गर्नुपर्ने बताउनु भयाे ।उहाले अाफूले गरे हुने कामलाई नेताकाे फाेन गराउनु पर्ने अवस्था नबनाउन र नहुने काम भए एउटा नेताले भन्दा गर्ने अर्को भन्दा नगर्ने नगर्न पनि नया प्रजिअसहित जिल्लाका प्रमुखहरुलाई सुझाव दिनुभयो ।
मुलुक भ्रष्टाचारको अखाडा नै भएको भन्दै नेता केसीले यसले देेशलाई कमजोर बनाएको उल्लेख गर्नुभयाे ।यतिखेर मुलुकमा भ्रष्टाचार र अार्थिक मन्दीका कारण जनता मारमा परेकाे भन्दै यसमा सरकारकाे ध्यान जानुपर्नेमा जाेड दिनुभयो ।उहाले सरकारले हरेक वर्ष विदेशी ऋणकाे व्याज र कर्मचारीलाई तलब खुवाउन नै कुल बजेटकाे ७५ प्रतिशत खर्च गर्दै अाएकाे भन्दै त्यसमा रहेको २५ प्रतिशत बजेटमा पनि ७० प्रतिशत असारमा काम हुुदाँ विकास हुन नसकेको उल्लेख गर्नुभयाे ।नेता केसी असारमा हुने कामले परिणाम दिने नदिने कुरामा छातीमा हात राखेर साेच्न समेत सुझाव दिनुभयो ।उहाले मुलुकमा सुशासनको कुरा गरिएको भए पनि त्यो व्यवहारमा लागू नभएको दावी गर्नुभयो ।
उहाले भन्नुभएको ,सुशासन भनेकाे विधिको शासन हाे ,तर यहा ठूलालाई चैन शानालाई एेन भएको छ ।यसरी कसरी देशमा सुशासन कायम हुन्छ ?
जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्र विक्रम ठकुरीको सभापतित्वमा भएको कार्यक्रममा ,माअाेवादी नेता,प्रतिनिधिसभा सदस्य सीता मिजार,नेकपा एमाले अध्यक्ष तथा प्रदेेशसभा सदस्य बद्री मैनाली,रमेश महत,रामप्रसाद ढुंगाना,नेपाली कांग्रेस उपसभापति राजु थापा लगायत पालिका प्रमुख उपप्रमुखहरुकाे सहभागीता रहेकाे भियाे ।
कार्यक्रम अाज र भाेलि दुुई दिन सञ्चालन हुने जिल्ला समन्यव अधिकारीले जानकारी दिनुभएको । कार्यक्रममा गत वर्ष जिल्लामा भएका विकास निर्माणका विषयमा समिक्षा हुने भनिएको भए पनि जनप्रतिनिधिको उपस्थित कम भएको भन्दै असन्तुष्टि व्यक्ति गरिएको छ।

कार्यक्रममा सहभागी प्रमुख अतिथिसहित अन्य अतिथिहरु ,तस्बिर ,नुवाकोट पुकार डटकम