विदुर ।नुवाकोटको विदुर नगरपालिका ,४ बट्टारस्थित हावाघर र बट्टार बसपार्क परिसरमा निर्माण गरिएको Electric Vehicle Charging Station (EV) को आज विदुर नगरपालिकाको नगर प्रमुख राजन श्रेष्ठ ज्युबाट उद्घाटन गरेर सञ्चालनमा ल्याइएको छ ।
विद्युतीय सवारीसाधन अन्तरगत निजी सवारीसाधनहरुलाई हावाघरमा रहेको EV Charging Station बाट र सार्वजनिक यातायात सेवा प्रवाह गर्ने सवारीसाधनर्लाइ बट्टार बसपार्कमा रहेकोमा EV Charging Station मा चार्ज गर्न पाइनेछ । नेपाल विद्युत प्राधिकरण मार्फत निर्माण भएको EV Charging Station हावाघरमा नेपाल विद्युत प्राधिकरणको जग्गामा निर्माण गरिएको हो ।
बट्टार बसपार्क परिसरमा निर्माण गरिएको विदुर नगरपालिकाको जग्गामा निर्माण गर्नको लागी आवश्यक जगा उपलब्ध सहित निर्माणको चरणमा उत्पन्न विभिन्न प्राविधिक समस्या समाधानमा नगरपालिकाले महत्वपूर्ण योगदान पुराएर EV Charging Station सेवा सञ्चालनमा ल्याउन सफल भएको हाे ।
नुवाकोटमा विद्युतीय सार्वजनिक सवारीसाधन मार्फत सेवा दिदाँ विदुर नगरपालिकाले आर्थिक सहयोग समेत उपलब्ध गराउने नगरप्रमुख राजन श्रेष्ठले प्रतिबद्धता जनाउनुभएको छ ।
कार्यक्रममा नगर उपप्रमुख प्रभा बोगटी, विभिन्न वडाको वडाध्यक्षहरु, सदस्यहरु, निर्माण गर्ने नेपाल विद्युत प्राधिकरणका प्रतिनिधि, नुवाकोट उद्योग बाणिज्य संघका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।ईलेक्टिकल मेसिनकाे व्यवस्था भए सँग चार्जका लागि सहज भएको छ।

तस्बिर ,सुरज सिलवाल ,विदुर नगरपालिका