विदुर । नुवाकोट जिल्लाकाे सरकारी अस्पताल त्रिशूली अस्पतालमा प्रसुती सेवा सूचारु भएको छ ।अस्पतालका काव मेडिकल सुपरिटेन्डेन्ट प्रतीक सिंहले आजबाट सेवा सूचारु भएको जनाउनु भएको छ ।
सिंहले अस्पतालले नियमित रुपमा सेवा दिन नसकेकोमा क्षमा याचना गर्दै प्रदेश सरकाबाट काज सरुवामा खटाएका चिकित्सकद्वयले हाजिर गरेर कार्य सुरु गर्नु भएको हुँदा अस्पतालले स्त्रीरोग तथा प्रसुति सेवा सूचना भएको सूचनामा उल्लेख गर्नु भएको छ ।
अस्पतालका कार्यरत ग्यानोलोजिष्ट एक जनाको पनि छात्रवृत्तिको समय सकिएर गएकाले अस्पतालले सेवा दिन असमर्थ भएको थियो । गत साता त्रिशुली अस्पतालले स्त्री तथा प्रसुति सेवा बन्द गरिएको जानकारी सार्वजनिक गरेको थियो । नुवाकोट जिल्लामा त्रिशुली अस्पतालमा सबैभन्दा धेरै बिरामी आउने र अत्यावश्यक पर्ने सेवा नै प्रसुति सेवा भएपनि यसलाई सुचारु नहुँदा आम सर्वसाधारण भने मर्काका परेका थिए ।
