
गणेश मान प्रधान
सवारी साधनहरु एक आपसमा ठोक्कीएर, सवारी साधन कुनै अज्ञात वस्तुसंग जुधेर वा सवारी साधनले बाटोमा हिड्ने यात्रु वा कसैलाई पनि ठक्कर दिई घाइते वा मृत्यूको अवस्थामा पु¥याउने घ्टनालाई सवारी दुर्घटना भएको मानिन्छ । सवारी दुर्घटना कहिले सवारी चालकको गल्तिले, कहिले सवारी साधनमा भएको इन्जिनको खरावीले त कहिले बाटोमा हिड्ने यात्रुको अवसावधानीको कारणले दुर्घटना हुन जाने गरेको छ । नेपालमा धेरै किसीमका सवारी दुर्घटना हुने गरेका छन् भने धेरै जनाले अकालमा ज्यान गुमाउने परेको अवस्था विद्यमान छ । “सवारी दुर्घटनाको रोकथाम गर्न, दुर्घटनाबाट पीडित पक्षलाई क्षतीपूर्ति दिलाउन, विमा ब्यवस्था गर्न र सर्वसाधारण जनतालाई सरल एवं सुलभ ढंगबाट यातायात सुविधा उपलब्ध गराउन यातायात सेवालाई सुदृढ, सक्षम तथा प्रभावकारी वनाउने” उद्देश्यले २०४९ सालमा सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ जारी भै हालसम्म कार्यान्वयनमा रहेको छ । नेपालको संविधान जारी भए पश्चात भने नयाँ सवारी ऐनको मसौदा भएको वा संशोधन भएको छैन ।
ऐनमा भएको सवारी चालक अनुमति पत्र सम्वन्धी ब्यवस्था
उक्त ऐनको परिच्छेद ४ अन्तर्गत दफा ४५ देखी दफा ६२ सम्म चालक अनुमतिपत्र सम्वन्धी ब्यवस्था गरेको छ, जसमा कुनै पनि ब्यक्तिले चालक अनुममतिपत्र प्राप्त नगरी कुनै पनि सवारी साधन चलाउन हुदैन र कसैले पनि आफ्नो स्वामित्वमा भएको सवारी साधन सवारी चालक अनुमति प्राप्त नगरेको ब्यक्तिलाई चलाउन दिनु हुदैन भन्नेस्पष्ट ब्यवस्था रहेको छ । कुनै चालकले विदेशी राष्ट्रबाट प्राप्त चालक अनुमति पत्र लिएको छ भने त्यसको लागी दरखास्त दिई नेपालबाटसमेत चालक अनुमति पत्र लिन सक्ने ब्यवस्था गरेको छ । अन्तराष्ट्रिय चालक अनुमतिपत्र प्राप्त गरेको ब्यक्तिले सो अनुमतिपत्रमा लेखिएको सवारीहरु नेपाल भर चलाउन पाउने ब्यवस्थासमेत ऐनले गरेको छ ।
सवारी चलाउँदा चालक तथा सवारीको अघिल्लो सीटमा वस्ने ब्यक्तिले सुरक्षापेटी बाध्नु पर्ने र मोटरसाइकल तथा अन्य त्यस्तै प्रकारका दुई पाँग्रे सवारी साधन चलाउँदा चालक तथा सो सवारीमा वस्ने ब्यक्ति दुवैले हेल्मेट लगाउनु पर्ने ब्यवस्था पनि ऐनले गरेको पाइन्छ ।
सवारी दुर्घटना भएमा चालकको कर्तब्य
कुनै सवारी दुर्घनामा दुर्घटनामा परी हताहत वा घाइते भएका यात्री तथा सवारीमा काम गर्ने कुनै ब्यक्तिलाई कुटपिट गर्न वा तिनीहरुको मालसामानको हिनामिना गर्न, खोस्न वा तिनीहरुलाई कुनै पनि किसिमले हानी नोक्सानी पु¥याउन नहुने ब्यवस्था ऐनले गरेको छ । उक्त ऐनको दफा १३३ बमोजिम कुनै सवारी साधनले कुनै दुर्घटना गरी मानिसको जीउ, ज्यानमा कुनै किसिमको खतरा वा चोट पटक पर्न गएको रहेछ भने सो सवारीको चालक, परिचालक, सुरक्षाकर्मी वा सो सवारीमा काम गर्ने अन्य कर्मचारीले त्यस्तो मानिसको उपचारको लागी तुरुन्त आवश्यक ब्यवस्था गर्नु पर्ने र चालकले सवारी दुर्घटना भएको स्थानमा कुनै प्रहरी नभएमा नजिकको प्रहरी कार्यालयमा घट्नाको जानकारी गराउनु पर्ने ब्यवस्था ऐनले समेटेको छ ।
सवारी साधन चलाउँदा चालकले तोकिएको स्थानमा बाहेक अन्य स्थानमा वायाँ किनारा च्यापी चलाउनु पर्ने र यदी अगाडी गईरहेको सवारीलाई उछिनेर जानुपर्ने अवस्थामा संकेत दिई उक्त सवारीको चालकले अगाडी जान संकेत दिएपछि मात्र पछाडीको सवारीले दाहिने तिरबाट उछिनी जानु पर्छ भन्ने ब्यवस्थासमेत ऐनले समेटेको छ ।
सडकमा हिंड्ने पैदल यात्रीले पनि सवारी नियम पालना गर्नुपर्ने ब्यवस्था यसै ऐनको दफा १३६ मा रहेको छ, जसमा पेटी भएको सडकमा मानिसहरु सोही पेटीबाट नै हिड्नु पर्ने, पेटी नभएको सडकमा हिड्नु परेमा सडकको किनारा च्यापी हिड्नु पर्ने ब्यवस्था ऐनले समेटेको छ । त्यसैगरि पैदल यात्रुले बाटो काट्दा जेव्रा क्रसिङ्ग, ओभरहेड ब्रीज वा त्यस्तो बाटो काट्नको लागी निर्धारित गरिएको ठाउँबाट प्रयोग गर्नुपर्ने ब्यवस्थासमेत ऐनले गरेको छ ।
त्यसैगरि सवारी चालकले आफ्नो सवारी अनुमतीपत्र अन्य कसैलाई सवारी चालाउनको लागी दिन नहुने, मादक पदार्थ वा अन्य कुनै पनि प्रकारको लागू पदार्थ सेवन गरी सवारी चलाउनु नहुने, अध्याँरो वा कुहिरो लागेको वेलामा सवारी चलाउँदा सो सवारीको बत्ति वाल्नुपर्ने, यदी कुनै सवारी साधनको पार्टपूर्जा विग्रीएको अवस्थामा जानाजनी त्यस्तो सवारी साधन चलाउन नहुने जस्ता महत्वपूर्ण ब्यवस्थाहरु ऐनले गरेको छ । सवारी साधन दुर्घटना परेको अवस्थामा सवारीमा रहेको यात्रीहरुलाई आवश्यक सहयोग पु¥याउनु पर्ने साथै सवारी साधन चलाउँदा लापरवाही गरी चलाउन नहुने जस्ता ब्यवस्थाहरु ऐनले गरेको पाइन्छ ।
सवारी दुर्घटनामा मानिस मरेमा कस्तो सजाय हुनेछ ?
ऐनको दफा १६१ मा ज्यान मरेमा हुने सजायको ब्यवस्था गरेको छ जसमा उपदफा (१) मा कसैले सवारी चलाई कुनै मानिसलाई किची, ठक्कर दिई वा कुनै किसिमले सवारी दुर्घटना गराई सवारी रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणमस्वरुप एक्काइस दिनभित्र मृत्यु भएमा त्यस्तो कार्य ज्यान मार्ने मनसाय लिई गरेको ठहरेमा त्यसरी सवारी चलाउने ब्यक्तिलाई जन्म कैद हुने ब्यवस्था रहेको छ । कसैले ज्यान मार्ने मनसाय लिई त्यस्तो कार्य गरेकोमा ज्यान मर्न पाएको रहेनछ भने त्यसरी सवारी चलाउने ब्यक्तिलाई कसुरको मात्रा अनुसार पाँच वर्ष देखी बाह्र वर्ष सम्म कैद हुने ब्यवस्था ऐनले गरेको छ ।
उपदफा (२) बमोजिम सवारी चलाउँदा कसैको ज्यान मर्न सक्छ भन्ने अवस्था देखिदा देखिदै पनि अपनाउनु पर्ने सतर्कता नअपनाई कसैले लापरवाही गरी कुनै सवारी चलाएबाट कुनै मासिनलाई किची, ठक्कर लागी वा कुनै किसिमले सवारी दुर्घटना भई सवारीमा रहेको वा सवारी बाहिर जुनसकै ठाउँमा रहे वसेको मानिस त्यस्तो दुर्घटनाको काराण्बाट तत्कालै वा सोही चोटको परिणामस्वरुप एक्काईस दिनभित्र मृत्यु भएमा त्यसरी सवारी चलाउने ब्यक्तिलाई कसुरको मात्रा अनुसार तीन वर्ष देखी दश वर्ष कैद र तीस हजार रुपैया देखी एक लाख रुपैयासम्म जरीवाना हुने ब्यवस्था ऐनले गरेको छ ।
उपदफा (३) बमोजिम कसैको ज्यान मर्न सक्छ भन्ने जस्तो नदेखिएको अवस्थामा कसैले कुनै सवारी चलाउदा सवारी दुर्घटना हुन गई सवारीमा रहेको वा सवारी वाहिर जुनसुकै ठाउमा रहे वसेको कुनै मानिसको मृत्यू हुन गएको रहेछ भने त्यसरी सवारी चलाउने ब्यक्तिलाई एक वर्षसम्म कैद वा दुई हजार रुपैयासम्म जरिवा वा दुवै सजाय हुने ब्यवस्था रहेको छ ।
उपदफा (४) बमोजिम चालक अनुमतिपत्र नभएका ब्यक्तिले सवारी चलाई उपदफा (१) वा (२) वमोजिमको कसुर गरेमा निजलाई सोही उपदफा बमोजिम हुने सजायमा थप दुई हजार रुपैया समेत जरीवाना हुने, तर जन्म कैद हुनेमा त्यस्तो थप जरिवाना हुने ब्यवस्था ऐनले गरेको छैन ।
उपदफा (५) बमोजिम कुनै सवारीको धनी वा सवारीको जिम्मा लिएको ब्यक्तिले चालक अनुमति पत्र नभएको ब्यक्तिलाई सवारी चलाउन दिई कुनै मानिसलाई किची, ठक्कर लागी वा दुर्घटना भई सो मानिस मर्न गएमा त्यस्तो सवारी चलाउन दिने ब्यक्तिलाई दुई वर्षसम्म कैद हुनेछ ।
अंगभग भएमाहुने सजाय
दुर्घटनाको कारणबाट अंगभंग भएमा सवारी चलाउने ब्यक्तिलाई तीन वर्षदेखी दश वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरीवाना हुने ब्यवस्था ऐनले गरेको छ । यदी खत निको भई काम लाग्ने अवस्था छ भने पाँच हजारसम्म जरिवाना हुने, र सवारी चालक अनुमतिपत्र नभई उल्लिखत कसुर गरेमा थप पाँच हजार जरिवाना हुने ब्यवस्था ऐनले गरेकोछ । भनेसवारी धनीले लाइसेन्स नभएको ब्यक्तिलाई कुनै सवारी चलाउन दिएर दुर्घटना भई अंगभंग भएमा मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय हुनेस्पष्ट ब्यवस्था ऐनले गरेको छ ।
घा खर्च, कृया खर्च र क्षतीपूर्ति भराईदने सम्वन्धी ब्यवस्थाः
सवारी दुर्घटनाबाट ज्यान मरेको अवस्थामा मरेको मनिसको हकवालालाई कृया खर्च वापत रु. पचास हजार र क्षतीपूर्ति वापत तेश्रो पक्षले पाउने दुर्घटना विमा रकम, अंगभंग भएमा निको नभई काम नलाग्ने भएमा दुर्घटना विमा रकम, अंग काम लाग्ने भएमा घा खर्च वापत पच्चिस हजार देखी पचास हजार सम्म रुपैया दिने ब्यवस्थासमेत ऐनले गरेको छ ।
त्यसैले सवारी साधान चलाउदा चालकको गल्तिले मात्र नभई अन्य विविध कारणले पनि दुर्घटना हुन सक्दछ । कहिले चालकको हेलचेक्र्याई, कहिले सवारी साधनमा इन्जिनको खरावी त कहिले बाटोमा हिड्ने पैदल यात्रु त्यस्तै अन्य विभिन्न कारण पनि हुन सक्छन् । सवैमा चालकै गल्ति हुन्छ भन्ने पनि छैन तर प्राय सवारी ज्यान तथा सवारी दुर्घटना सम्वन्धी मुद्दामा चालकको गल्ति नै औल्याएर मुद्दा ल्याउने गरेको पाइन्छ भने त्यसमा पनि सवारी ऐन २०४९ को दफा १६१ को उपदफा (२) लगाएर मुद्दा चलाउने गरेको पाइन्छ । यसमा उप दफामा उपदफा (२) बमोजिम सवारी चलाउँदा कसैको ज्यान मर्न सक्छ भन्ने अवस्था देखिदा देखिदै पनि अपनाउनु पर्ने सतर्कता नअपनाई कसैले लापरवाही गरी कुनै सवारी चलाएबाट कुनै मासिनलाई किची, ठक्कर लागी वा कुनै किसिमले सवारी दुर्घटना भई सवारीमा रहेको वा सवारी बाहिर जुनसकै ठाउँमा रहे वसेको मानिस त्यस्तो दुर्घटनाको काराण्बाट तत्कालै वा सोही चोटको परिणामस्वरुप एक्काईस दिनभित्र मृत्यु भएमा त्यसरी सवारी चलाउने ब्यक्तिलाई कसुरको मात्रा अनुसार तीन वर्ष देखी दश वर्ष कैद र तीस हजार रुपैया देखी एक लाख रुपैयासम्म जरीवाना हुने ब्यवस्था ऐनले गरेको छ । तर सर्वोच्च अदालतमा केही नजिर यस्ता पनि छन जसमा लापरवाही र हेलचेक्र्याईको वारेमा स्पष्ट ब्याख्या गरेको पाइन्छ । (नेपाल कानून पत्रिका २०७८ अंक ७ नि नंं १०६९६)
मां न्या श्री मीरा खडका र मा न्या श्री कुमार रेग्मी श्रीमानको संयुक्त इजलासबाट सवारी ज्यान मुद्दामा भएको फैसलामा सवारी तथा यातायात ब्यवसथा ऐन २०४९ को दफा १६१(२) को ब्यवस्थामा मानिस मर्ने मनसायले सवारी चलाएको अवस्था नभएको तर कसैको ज्यान मर्न सक्ने ठूलो सम्भावन छ भन्ने जानी जानी र लापरवाही गरी सवारी चलाएको हुनु अनिवार्य छ । लापरवाही मापनका लागी समान्यतया तीन अवस्था हुनु पर्दछ ः (१) सम्भावित परिणमको पूर्वानुमान (२) स्वेच्छिक कार्य (३) चालकको अनुचित खतरा मोल्ने वा जोखिम लिने प्रयास । फौजदारी कानूनमा लापरवाहीको परिभाषा गर्दा चालक वा कर्तालाई संभावित परिणामवारे पूर्वज्ञान हुदा हुदै चालक वा कर्ताले आफ्नो कार्यमा सजगता अपनाएको वा होस पु¥याएको भए सम्भावित परिणमलाई टार्न सकिने अवस्था थियो थिएन भन्ने परिघटनाबाट मापन गरिने । भन्ने सिद्दान्त समेत प्रतिपादन भएको छ । त्यस्तै गरी (नेपाल कानून पत्रिका २०७५ अकं ७ नि नंं १००४३) मा सर्वोच्च अदालत पूर्ण इजालस मा न्या श्री डा श्री आनन्दमोहन भट्टराई,
मा न्या श्री अनिल कुमार सिन्हा, मा न्या श्री टंक बहादुर मोक्त्तान श्रीमानहरुको सवारी ज्यान मुद्दाको फैसालमा मा न्या श्री अनिल कुमार सिन्हाले फरक मत राख्नु भएको छ जसमा “ …..सवारी साधन चलाउने ब्यक्तिले जानीजानी आफ्नो नियन्त्रणमा नरहने गतिमा बढी रफ्तारमा सवारी चलाउनु, गलत साइडबाट सवारी चलाउनु, प्राविधिक रुपमा नियन्त्रणमा नरहने प्रकृतिको सवारी साधन चलाउनु, मादक पदार्थ सेवन गरी लापरवाही किसीमले सवारी चलाउनु आदी अवस्था तथा अपराध हुने सक्ने सम्भावन वा पूर्वज्ञान हुदाहुदै पनि असावधानी पूर्वक सवारी चलाई दुर्घटना गराउनुलाई लापरवाही कार्य मान्नु पर्ने हुन्छ । यो कार्य अनुमतिपत्र प्राप्त चालकबाट पनि हुन सक्छ।… ” भनी यस्ता धेरै लापरवाही सम्वन्धी फैसलाहरुबाट विवेचना भएको पाइन्छ । त्यसैले सवै गल्ति चालकका मात्रै हुदैन तर सवैले सावधानी त अपनाउनु नै पर्दछ र सवैले सवारी ऐनको अनिवार्य पालना गरेमा मावनीय लागयत सवै क्षति कम हुनेछ । लेखक अधिवक्ता हुनुहुन्छ