विदुर ।नेपाली कांग्रेस नुवाकोटमा कांग्रेसका वरिष्ठ नेताहरु भएपनि नेता कार्यकर्ता भने एक आपसमा विभाजित हुँदै आएका छन् पार्टीभित्रकाे आन्तरिक किचलाेका कारण विदुर नगरपालिका वडा नं ११ का इकाई सभापतिसहित सचिव र काेषाध्यक्षले पार्टीबाट राजीनामा दिएका छन् ।
नुवाकोट पुकारलाई प्राप्त राजीनामा पत्र अनुसार इकाई सभापति ज्ञानप्रसाद प्याकुरेल ,सचिव नमराज चालिसे र काेषाध्यक्ष कुल प्रसाद तिमिल्सिनाने राजीनामा पत्र जिल्ला पार्टी सभापति रमेश,महत,क्षेत्रीय सभापति जगत लामा र नगर सभापति हरिलाल श्रेष्ठलाई बुझाउने तयारी गरेका छन् ।
सभापति सहित पदाधिकारीहरुले विकास निर्माणमा पछि पारिएकाे,पार्टीभित्र गुट माैलाएकाे लगायतका विषय उल्लेख गरेका छन् ।साथै राजीनामा पत्रमा पार्टीलाई कमजाेर बनाउन नभइ नेपाली कांग्रेसले लिएको राष्ट्रियता,समाजवाद र लाेकतन्त्रका लागि बलियाे बनाउन लागि भनिएकाे छ ।राजनीनामा पत्रमा अाफूहरुले उठाएका विषय पार्टीकाे माथिल्लो तहबाट सम्बाेधन हुने विश्वास लिइएको छ । राजनामापत्रमा सभापति ,सचिव र काेषाध्यक्षले हस्ताक्षर गरेका छन् ।राजीनामाको विषय अस्पष्ट भए पनि गुट उपगुट अन्त्यका लागि भनिएकाे छ ।
यस्तै नगरपालिकामार्फत हुने विकास निर्माणमा पार्टी काे सहयाेग नभएको विषयमा कारण पनि अप्रत्यक्ष रुपमा देखाएको छ ।राजीनामा पत्रमा विकास निर्माणका विषयमा समावेशीकरण नभएको उल्लेख गरिनुले यसलाई पुष्टि गरेकाे देखिन्छ ।विदुर ११ मा पार्टी सभापति शेरबहादुर घलेकाे निधन भए पछि प्याकुरेललाई केहीदिन अधि मात्रै नगरले सहमतिमा सभापति बनाएको थियाे ।
