काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले रक्षा बन्दन , जनै पुर्णिामा र गाईजात्रा भाद्र१४ गते नै मनाउन अपिल जारी गरेकाे छ ।
जनैपूणिर्मा र गाईजात्रा फरम-फरक दिनमा मनाउने भन्दै विभिन्न स्थानीय तहहरुले निर्णय गर्न थालेकाे र यसले समाजमा भ्रम सिर्जना गरेकाे भन्दै समितिकाे आजको बैठकले जनैपूणिर्मा र गाईजात्रा एकै दिन मनाउने विषयमा समाजमा ,हाम्रो धर्मशास्त्र संस्कृति र परम्परामा असर पर्ने गरि भ्रामक टीका टिप्पणी प्रचार प्रसार भएकोले जनमानसमा देखिएको अन्याेलताका विषयमा प्रष्ट पारेकाे जनाएको हाे ।
उक्त विषयमा समितिले धर्मशास्त्री र चाडपर्व विशेषज्ञहरुकाे उपस्थितिमा व्यापार छलफल गरि शास्त्रकाे मर्म र विद्वानहरुकाे राय मुताविक निर्णय भई भाद्र १४ बिहीबार पर्ने ऋषितर्पणी,रक्षाबन्धनर गाईजात्रा पर्व मनाउन हाम्रो धर्म संस्कृति र परम्परा अनुकुल रहेकाे उल्लेख गरिएको छ ।
समितिले जारी गरेकाे विज्ञप्ति अनुसार अधिल्लाे दिन पूर्णििमासँगसँगै भद्रा रहेकाले १३ गते रात्रिमा ९ बजेर ३ मिनेटमा मात्र भद्रा सकिने हुँदा दिनमा रक्षाबन्धन गर्न मिल्दैन र रात्रिमा रक्षाबन्धन गर्ने परम्परा नभएका कारण भाेलिपल्ट गर्नु पर्ने देखिन्छ । समितिले यश वर्षको जस्तै विगत १९९४,२०२४,२०३०,२०३१,२०५५,२०७०र २०७९ सालमा पनि परेको र उक्त वर्षहरुमा पनि १ घडीमात्र उदय पूर्णिमा भए पनि साेही दिन जनैपूणिर्मा मनाईएकाे स्मरण गराइएको छ ।विभिन्न संस्था वा स्थानीय निकायहरुले समेत १३ र १४ गते मनाउने समाचार बाहिरिए पछि समितिले विज्ञप्ति मार्फत स्पष्ट पारेकाे छ ।
