तारकेश्वर । नुवाकोट जिल्लाकाे तारकेश्वर गाउँपालिकाले गाउँपालिका भित्र रहेका११ बिद्यालयहरुमा फर्निचर सामाग्री प्रदान गरेको छ । केही महिना अगाडि गाउँपालिका अध्यक्ष्य शिव अधिकारी (अविरल) ले सम्पूर्ण बिद्यालयहरुको अनुगमनको क्रममा केही बिद्यालयहरुमा फर्निचरको अति आवश्यक भएको देखिन आएकोले आज गाउँपालिका अध्यक्ष अधिकारीले ११ थान दराज , अफिस कुर्सी, ११ थान ,अफिस टेबल ११ थान र लो टेबल ५५ थान बिद्यालयहरुमा हस्तान्तरण गर्नु भएको छ ।
सो क्रममा उहाँले पछिल्लो समय पालिका भित्रको शैक्षिक सुधारका लागि शिक्षकहरुको सरुवा गर्ने निर्णयलाई लिएर अनावश्यक हौवा फैलाइएको शैक्षिक सुधारमा अबरोध सृजना गर्ने र भाड्ने मानशिकताबाट मुक्त हुन सबैलाई आग्रह गर्नुभएको छ । यस्तै आगामी दिनमा शैक्षिक सुधारका लागि विद्यालयहरुलाइ जस्तो सुकै सहयोग गर्नपनी तयार रहेको प्रतिबद्धता जनाउनु भएको थियाे ।
फर्निचर सामाग्री उपलब्ध गराएका विद्यालयहरु
१ भुमेदेवि आवि तारकेश्वर ५
२ बागवत्छला आबि तारकेश्वर ६
३ बागबच्छला महादेव आबी ताकेश्वर ६
४ गौरेश्वर अाबि तारकेश्वर ४
५ तारकेश्वर अाबी तारकेश्वर ३
६ बाघभैरव अावि तारकेश्वर ६
७ सहिद प्रशंशा स्मृति आवी तारकेश्वर २
८ चक्रेश्वर अावी तारकेश्वर ४
९ नमुना जनजागृति अवि तारकेश्वर ३
१० भुमेस्थान अबी तारकेश्वर ६
११ हस्तिकेशर वैयाकरण लीलानाथ आधारभूत बिद्यालय तारकेश्वर ३का विद्यालय रहेका छन् ।
