काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भएसँगै काठमाडौं उपत्यकाका मालपोत कार्यालयले पनि जग्गाको नयाँ मूल्यांकन कायम गरेका छन् । यस पटक पनि एकाध बाहेकका अधिकांश ठाउँमा पुरानै मूल्यांकन कायम गरिएको छ । रजिष्ट्रेसन हुने लिखतमा थैली अंक कायम गर्ने प्रयोजनको लागि जग्गाको न्यूनतम मूल्य निर्धारण गर्नुपर्ने हुन्छ ।
मालपोत कार्यालयहरुले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको रोहबरमा जग्गाको न्यूनत मूल्य तोक्ने गर्छन् । मालपोत कार्यालयहरुमा कुनै पनि घरजग्गाको लिखत पारित गर्नुपर्दा धेरै कागजी प्रकृया पुरा गर्नुपर्ने हुन्छ । आज हामीले काठमाडौंको मुख्य शहरी क्षेत्रमा घरजग्गा रजिष्ट्रेसन पास गर्दा थाहा पाउनुपर्ने प्रकृयाका बारेमा जानकारी गराउँदै छौं ।
१) स्थानीय तहले घरबाटो सिफारिस गर्दा मापलोत कार्यालयले तोकेको जग्गाको न्यूनतम मूल्यांकन पुस्तिकाको प्रकरण र मापदण्ड खुल्ने गरी अनिवार्य मुल्यांकन सिरियल नम्बर खुलाई सिफारिस गर्नुपर्नेछ । २) मालपोत कार्यालयले निर्धारण गरेको न्यूनतम मूल्यांकनभन्दा कसैले थैली अंक कम गराई लिखत पारित गराएको कुरा पछि जुनसुकै व्यवहोराबाट जानकारी प्राप्त भएमा तुरुन्त नपुग राजश्व सम्बन्धित व्यक्ति, संघसंस्था वा कम्पनी जो सुकेको भएपनि मालपोत कार्यालयले त्यस्तो घरजग्गा रोक्का राखेर राजश्व असुल गर्छ । र, त्यसरी सम्बन्धित व्यक्ति राजश्व तिर्न आएमा जुनसुकै अवस्थामा पनि राजश्व बुझी आम्दानी बाँध्नुपर्नेछ ।
३) लिखतमा घर नखुलाई लिखत पारितपछि घर थियो भनी मालपोत कार्यालयमा दाबी गर्न पाइने छैन । लिखतमा घर लुकाई पारित गरेको ठहरेमा सम्बन्धित पक्षबाट पारित लिखतको थैली अंकमा घरको मूल्यांकन जोडेर आर्थिक ऐनले तोकेबमोजिम राजश्व तथा घर कायमको दस्तुर असुल गरिने छ । ४) स्थानीय तहबाट प्राप्त घरको मूल्यांकन वा घरबाटोको सिफारिस लिखत पारति हुनु अगावै कुनै सूचनाबाट सिफारिस गलत छ भन्ने जानकारी प्राप्त भएमा कार्यालयबाट आवश्यक छानविनका लागि फिल्ड निरीक्षण समेत गरी मूल्यांकन कायम गर्न सकिने छ ।
५) स्थानीय तहबाट घरबाटोको सिफारिसमा जे लेखिएर आएको भएता पनि एक आपसमा जोडिएर आएको कित्ता कुनै एकै व्यक्तिले खरिद गरेमा कुनै एक कित्तामा बाटोले छौ वा बाटो परेमा अन्य कित्ता पनि बाटोमा जोडिए सरहको न्यूनतम मूल्यांकन कायम हुन्छ ।
६) एउता मूल कित्ताबाट कित्ताकाट भई एकै दिन पारित हुने लिखित मा पनि नयाँ मुल्यांकन हुने उल्लेख छ ।स्राेत मालपोत कार्यालय