हेटौंडा । नेपाली कांग्रेसले बागमती प्रदेशसभाका सचेतक कुन्दनराज काफ्लेले आफ्नो पदबाट राजीनामा दिएका छन् ।उनले आज नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामालाई राजीनामा बुझाएका हुन ।काफ्ले कांग्रेसको संस्थापन पक्षबाट सचेतक बनेका थिए
।संसदीय दलमा उनले खुलर लामालाई समर्थन गरेका थिए ।तर पछिल्लो समय आफ्नो भूमिकाप्रति असन्तुष्ट भएका उनी पार्टीका युवा नेताहरुकाे पक्षमा माहोल बनाउन लागिपरेकाे बुझिएको छ।यद्यपि
नेपाली कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका सांसद काफ्लेले सचेतक पदबाट राजीनामा दिएसँगै सामाजिक सञ्जालबाट सो विषय सार्वजनिक समेत गरेका छन् ।
उनले आफ्नो निर्वाचन क्षेत्रका नागरिकहरूको सेवामा समय दिन नपाएको महसुस भएकाले सचेतक पदबाट राजीनामा दिएको बताए । पदबाट राजीनामा दिएका काफ्लेले आफ्नो सम्पूर्ण समय पार्टी सङ्गठनलाई चलायमान र गतिशील बनाउन तथा दोलखाका नागरिकहरूको सेवामा व्यतित गर्ने बताए ।