काठमाडौं । काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा उहाको निधन भएको बताइएको छ ।रिजालकाे निधन सँग अस्पपतालमा नेपाली कांग्रेस नेता कार्यकर्ताकाे भिड लागेकाे छ । अस्पतालमा कांग्रेस नेता प्रकाशमान सिहं लगायतका नेता कार्यकर्ताकाे भिड लागेकाे छ ।
डेंगु संक्रमणपछि ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएका रिजलालाई अन्तिम श्रद्धाञ्जलीका लागि १० बजेदेखि १२ बजेसम्म राष्ट्रिय सभा गृहमा राखिने भएको छ ।त्यसपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने काठमाडौं महानगरपालिकाले जनाएको छ ।