काठमाडौं ।काठमाडौं महानगर वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरकाे झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।यस्तै रिजालाई उपमेयर सुनिता डंगोल ,प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी सहित महानगरका जनप्रतिनिधि ,कर्मचारी तथा राजनीतिक दलका नेताहरुले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियाे । राष्ट्रिय सभा गृहमा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई ,नेपाली कांग्रेसका नेता बलबहादुर केसी,प्रदिप पाैडलसहित सयाैं सर्वसाधारणले अन्तिम श्रद्धाञ्जली दिएका छन् ।
बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा उहाको निधन भएको बताइएको छ । डेंगु संक्रमणपछि ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको थियाे । यसैबीच नेपाली कांग्रेसले भने पशुपति आर्यघाटमा पार्टीकाे झण्डा ओढाएर स्वर्गीय रिजाललाइ अन्तिम श्रद्धाञ्जली प्रकट गर्ने भएको छ ।
आर्यघाटमा सभापति शेरबहादुर देउवाले झण्डा ओढाउने कार्यक्रम राखिएको छ । धादिङको खनायबासमा जन्मिएका ५३ वर्षीय रिजाल यसअघि २०७४ मा भएको स्थानीय निर्वाचनमा पनि कामपा १६ काे वडा अध्यक्ष निर्वाचित भएका थिए । रिजालका दुई छाेरा र श्रीमती रहेका छन् ।
